Comments Add Comment

पूर्व पुगेर ‘इकु’ले भने-‘फिर्के पूर्ण रुपमा पैसा असुल फिल्म’


चलचित्र ‘फिर्के’को प्रचारका लागि यसका प्रस्तुतकर्ता तथा मुख्य कलाकार सुलेमान शंकर ‘इकु’ मोफसल टूरमा निस्किएका छन् । आइतबार पूर्वको झापामा पुगेका इकुले चलचित्र ‘फिर्के’ कमेडी जनरामा बनेको बताए ।

उनले भने-‘म यसअगाडि २ पटक इकुको भूमिकामा दर्शकमाँझ आइसकेको छु । दर्शकले मलाई इकु नै भनेर चिन्नुहुन्छ । तर, अब ‘फिर्के’ रिलिज भएपछि दर्शकले मलाई फिर्के नामले चिन्नुहुनेछ ।’

उनले चलचित्र हेर्दा हल नै हाँसोले गुञ्जने भन्दै दर्शकको पैसा पूर्ण रुपमा असुल हुने सुनाए । इकु चलचित्रको शिर्ष भूमिकामा देखिएका छन् । उनको साथमा चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, कि्रस्टिना पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

रवि डंगोलले यो चलचित्रलाई निर्देशन गरेका हुन् । अभिमन्यू निरवीको लेखन रहेको चलचित्रमा अष्ट महर्जनको एक्सन, मीत्र डी गुरुङको सम्पादन, रामकुमार केसीको छायांकन छ । पौष २१ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment