Comments Add Comment

सुरक्षाको सिउँदोमा सिन्दुर !


नायिका सुरक्षा पन्तले सामाजिक संजाल फेसबुकमा एउटा तस्बिर पोष्ट गरिन्, जहाँ उनको सिउँदोमा सिन्दुर देख्न सकिन्छ । यो तस्बिर, चलचित्र ‘भैरे’को छायांकनको क्रममा खिचिएको हो ।

चलचित्र ‘अझै पनि’ डेब्यू नायिका सुरक्षा पन्त ‘भैरे’मा भने नायक दयाहाङ राइको अपोजिटको रुपमा देखिएकी छिन् । सुरक्षा पन्तका लागि अहिलेसम्म चलचित्र क्षेत्र सुखद बन्न सकेको छैन ।

‘अझै पनि, धनपति’ रिलिज भैसक्दा सुरक्षालाई खासै फाइदा भएन । तर, बोल्ड नायिकालाई दर्शकले साधारण शैलीकी प्रेमिकादेखि नायकको धर्मपत्नीको भूमिकामा देखेका छन् । चलचित्र ‘धनपति’मा उनी खगेन्द्रकी श्रीमतिको भूमिकामा देखिइन् ।

उनी, अभिनित चलचित्र ‘सुस्केरा’को प्रदर्शन मिति अझै तय भएको छैन । चलचित्र ‘भैरे’मा पनि सुरक्षा दयाकी पत्नीको भूमिकामा देखिएको उनको तस्बिरले पनि प्रष्ट पार्छ ।

पेशाले इन्जिनियर सुरक्षा चलचित्रमा पनि करिअर अगाडि बढाइरहेकी छिन् । ‘भैरे’ आफ्ना लागि सुखद बन्ने विश्वास उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment