४ पुस, ओखलढुंगा । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन विश्वकै नमूना भएको बताएका छन् ।मंगलबार ओखलढुंगा सदरमुकाममा आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले एक साथ दुवै निर्वाचन सफलताका साथ सम्पन्न हुनु विश्वमै नमूना निर्वाचन भएको दावी गरेका हुन् । ‘एकै पटक दुई निर्वाचन संसारमा कतै भएका छैनन्, यस कारण यो निर्वाचन संसारकै नमूना हो’ यादवले भने ।
यादवले जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, कर्मचारी, पत्रकार तथा पर्यवेक्षकहरुलाई धन्यवाद दिए ।
निर्वचनका दौरान देशका केही स्थानमा छिटपुट घटना भए पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन सकिएको यादवले बताए ।
निर्वाचित जनप्रतिनिधीहरुको अबका काम नागरिकको सुरक्षा र विकासको आशालाई अघि बढाउने जिम्मेवारी रहेको भन्दै जनताप्रति इमान्दार बन्न सुझाव पनि दिए ।
प्रमुख निर्वाचन आयुक्त यादव निर्वाचन सम्पन्न गराउने सबै पक्षलाई धन्यवाद दिन ओखलढुंगा आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4