+
+

लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले थाल्यो एमएससीआईटी र एमबीएको अध्यापन

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २७ गते १८:५८


२७ मंसिर, काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातकोत्तर स्तरको मास्टर अफ साईन्स ईन ईन्फरमेशन टेक्नोलोजी म्याजमेन्ट (एमएससीआईटी) र मास्टर ईन बिजनेश एडमिनिस्ट्रेशन (एमबीए) विषयमा अध्यापन पनि शुरु गरेको छ ।

आफ्नो सहयोगी संस्था कलेज फर प्रोफेशनल स्टडिजमार्फत एसिया प्यासिफिक यूनीभर्सिटी मलेसियासँग शैक्षिक सहकार्य गरी दुई विषयमा अध्यापन सुरु गरिएको हो ।

उल्लेखित दुवै विषयहरु २ वर्ष (४ सेमेस्टर) मा सम्पन्न हुने क्याम्पसले जानकारी गराएको छ । लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले सन् २०१५ देखि उक्त विश्वविद्यालयबाट स्नातक स्तरको र विषयमा अध्यापन गराउँदै आएको छ ।

कलेजले जनाएअनुसार मास्टर अफ साईन्स ईन ईन्फरमेशन टेक्नोलोजी म्यानेजमेन्ट कार्यक्रम सूचना प्रविधि क्षेत्रमा आफ्नो किसिमको पहिलो कार्यक्रम हो ।

हाल नेपालमा सञ्चालित अरु यस्ता कार्यक्रमले सूचना प्रविधि सम्बन्धी मात्रै ज्ञान दिने हो भने एमएससीआईटीएमले सूचना प्रविधि क्षेत्रको प्राविधिक ब्यवस्थापन कसरी गर्ने विषयलाई पनि समेटेको छ ।

यस विषयमा भर्ना हुन चाहने विद्यार्थीहरु सूचना प्रविधी विषयमा स्नातक उत्तीर्ण भएको हुनुपर्ने छ । यस कार्यक्रमले बीआईएम, बीसीआईएस, बीसीए, बीएससीआईटी लगायतको अध्ययन गरेका विद्यार्थीहरुको लागी सूचना प्रविधि संकायमा स्नातकोत्तर स्तरको अध्ययन गर्ने बाटो खोलि दिएको छ ।

त्यस्तै मास्टर ईन बिजनेश एडमिनिस्ट्रेशनमा ४५ प्रतिशत अंक प्राप्त गरी कुनै पनि विषयमा स्नातक उत्तिर्ण गरेको विद्यार्थीहरुले भर्ना गर्न पाउनेछन् ।

हाल एमबीएमा ह्युमन रिसोर्स, मार्केटिङर फाइनान्स विषयमा स्पेशलाइजेशन उपलब्ध छ । वर्किङ प्रोफेशनलहरुका लागि कलेजले विकेन्ड मा पनि कक्षा सञ्चालन हुने जानकारी एलबीईएफ गु्रप अफ ईन्सटिच्यूसनका अध्यक्ष पंकज जालनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?