Comments Add Comment

रेसुङ्गा अस्पतालले १० लाख क्षतिपूर्ति दिने भएपछि परिवारले शव बुझे

५ पुस, गुल्मी । गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका एक जनाको मृत्यु भएपछि अस्पतालले पीडीत परिवारलाई १० लाख क्षतिपूर्ति दिने भएको छ ।

दाँतको उपचारको क्रममा मृत्यु भएका मालिका गाउँपालिका-६ अर्जेका ५६ वर्षीय शवलाल अर्यालको परिवारले क्षतीपूर्तिवापत १० लाख पाउने भएको हो ।

अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको थियो । डाक्टरको लापरबाहीले सामान्य अवस्थाका मान्छेको मृत्यु भएको भन्दै आफन्तले मृतकको शव उठाएका थिएनन् ।

मृतका आफन्त र अस्पताल प्रशासनसहित जिल्ला प्रहरी कार्यालय गुल्मीमा बसेको छलफलले मृतकका परिवारलाई क्षतीपूर्ति वापत १० लाखसहित परिवारलाई आजीवन स्वास्थ्य उपचारको व्यबस्था मिलाउने गरी सहमती भएको मालिका गाउँपालिका-६ का अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

परिवार र अस्पताल प्रशासनको सहमति पछि परिवाले शव बुझेका छन् ।

बावुको मृत्यु भएपछि उनका २१ वर्षीय छोरा बेहोस छन् । मृतका अर्याललका परिवारमा ४ छोरी र १ छोरा र श्रीमती छन् ।

यो पनि पढ्नुस्

बिरामीको मृत्युपछि रेसुङ्गा अस्पतालमा तनाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment