+
+
Shares

प्ले स्टोरमा हुँदैछ परिवर्तन, अब ३२ बिटका एप नचल्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ६ गते १०:५५


गुगलले एप डेभलपर्सहरुलाई एक सूचना जारी गर्न सुरु गरेको छ । सन् २०१९ बाट गुगलको प्ले स्टोरमा एप्सका ६४ बिट भर्सन मात्र तयार गर्नको लागि गुगलले आग्रह गरेको छ ।

थाहै छ कि गुगलले एन्ड्रोइड ५ ललिपप अपरेटिङ सिस्टम लञ्च भएसँगै एन्ड्रोइड फोनले ६४ बिटका एप्स सपोर्ट गर्न थालेको थियो । तर ३२ बिटका विद्यमान एप्स पनि चलाउन सकिन्थ्यो र ती एपलाई डेभलपर्सले ६४ बिटमा परिणत गर्नु अनिवार्य थिएन । तर अबचाहिँ गुगल प्ले स्टोरमा ३२ बिटका एपको अस्तित्व रहनेछैन ।

गुगल डेभलपर्स ब्लगमा एन्ड्रोइडका प्रडक्ट म्यानेजर एडवर्ड कनिन्गमले एप्सलाई सुरक्षित तथा उत्कृष्ट बनाउने बारेका तीनवटा विषय बताएका छन् ।

पहिलो कदमका रुपमा उनले २०१८ को दोश्रो सत्रबाट गुगल प्लेका नयाँ एप्स तथा एप अपडेटहरु विद्यमान एन्ड्रोइड एपीआई मापदण्ड अनुरुप हुनुपर्नेछ । नयाँ एप्सका लागि यो गाइडलाइन सन् २०१८ को अगष्टबाट लागू हुनेछ जबकि विद्यमान पूराना एपका लागि सन् २०१८ को नोभेम्बरबाट यो लागू हुनेछ । यसका माध्यमबाट एप्सको सेक्योरिटी तथा परफर्मेन्स सुनिश्चित गर्न सकिने दाबी गुगलको छ ।

एप्सको ६४ बिट भर्सनका लागि सन् २०१९ को अगष्टमा गुगल प्लेलाई नयाँ एप्स तथा एप अपडेट आवश्यकता हुनेछ । अर्थात् डेभलपर्सले आफ्नो ३२ बिटवाला एप भर्सन पनि राख्न सक्नेछन् तर त्यससँगै उक्त एपको ६४ बिटवाला भर्सन अनिवार्य राख्नुपर्नेछ । गुगल प्ले एपको अथोराइजेसन गर्नका लागि हरेक एन्ड्रोइड प्याकेट किटसँगै केही सेक्योरिटी मेटाडाटा प्रेषित गरिनेछ । त्यो २०१८ को सुरुवातमै सुरु हुनेछ र यसका लागि डेभलपर्सले केही गर्नुपर्ने छैन ।

स्मरणरहोस्, एप्पलको आइओएस ११ मा ३२ बिटका एप सपोर्ट बन्द गरेसँगै गुगलले पनि सोही अनुसारको कदम चालेको हो ।

एप्पलले सन् २०१५ मै आइओएस एपका लागि ६४ बिटको कोड माग्न सुरु गरेको थियो ।

गुगल आफ्ना एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोर उत्कृष्ट बनाउन चाहन्छ । गत अगष्ट देखि प्रदर्शनका लागि गुगल प्लेमा श्रेणीकरणको सुरुवात पनि गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?