Comments Add Comment

कसरी घटाउने मोटोपना ?

मोटोपन किन बढ्छ ? यो प्रश्न भन्दा पनि अर्को प्रश्नले हामीलाई बढी सताइरहेको छ । मोटोपन कसरी घटाउने ?

जबकी अघिल्लो प्रश्नमै त्यसको समाधान छ । अर्थात मोटोपन बढ्ने कारणहरु खोतलेर त्यसको सही व्यवस्थापन गर्नु नै मोटोपनबाट छुटकारा पाउने सरल उपाय हो ।

मोटोपन किन बढ्छ त ?

जवाफ हामीसँग नै छ । अनुचित खानपान, बढि आराम, मासिक धर्मको अनियमितता, थाइराइड, हार्मोनल असन्तुलन आदि कारणले मानिसको वजन बढ्छ ।

मोटोपन आफैमा रोग हो त ?

मोटोपन आफैमा रोग होइन । तर, यसले रोगलाई जन्म दिन्छ । रोग भन्दा पनि हामी ज्यानलाई फिटनेस राख्न मोटोपन कसरी घटाउने भनेर घोत्लिरहेका हुन्छौ । मोटोपन भएपछि शरीर भद्दा हुन्छ । न लुगाफाटो लगाएको सुहाउँछ, न हेर्दा छरितो नै देखिन्छ ।

अर्कोतिर हिँडडुल गर्न सहज हुँदैन । शरीर मोटो भएपछि फुर्ति घट्छ ।

मोटोपनले पैदा गर्ने रोग

मोटोपन घटाउनु वा मोटो हुँदै नहुनु वा मोटोपन व्यवस्थापन गर्नु भनेको शरीरलाई स्लिम बनाउनु मात्र होइन । संभावित रोगको जोखिमबाट बच्नु पनि हो । मोटोपनले उच्च रक्तचाप, मधुमेह, कोलोस्टोर लगायत मुटु सम्बन्धी रोग जन्माउँछ । यसले स्वासप्रश्वासमा असर गर्छ । भनिन्छ, बाँझोपन पनि ल्याउँछ ।

दक्षिण एशियाको तथ्यांक

मोटोपन वर्तमान समयको ठूलो चुनौती हो । अहिलेको जीवनशैलीले मोटोपनलाई बढाव दिइरहेको छ । नेपाली समाजका लागि मोटोपन टाउको दुखाईको विषय हो ।

तर, नेपाली परिवेशमा मात्र होइन, विश्वकै लागि यो टाउको दुखाईको विषय हो । ग्लोबल न्युटि्रसनले भर्खरै सार्वजनिक गरेको रिपोर्टले भन्छ, अघिल्लो बर्ष दक्षिण एसियामा मात्र करिब २४ प्रतिशत महिलामा मोटोपनको समस्या देखिएको छ । नेपालमा २२ प्रतिशत महिलालाई मोटोपनले गाँजेको छ ।

विश्व स्वास्थ्य संगठन भन्छ, ‘विश्वमा करिब एक अर्ब ९ करोड मानिस मोटोपनको शिकार भएका छन् । यसमा बालबालिकाको संख्या पनि उत्तिकै छ ।

अब के गरौं ?

मोटोपन किन हुन्छ ? भन्ने समस्याको निराकरण खोज्ने हो भने यसबाट छुटकारा पाइन्छ ।

मोटोपन मुलत हाम्रो खराब जीवनशैलीको कारण हुन्छ । एकातिर निस्त्रिmय दिनचर्या, अर्कोतिर अस्वस्थ्यकर खानपान । फास्टफुड, चिल्लोचाप्लो, मसलेदार खानेकुराको सेवन अत्याधिक बढेको छ । त्यसअनुरुप शारीरिक सक्रियता घट्दै गएको छ ।

हामी काम पनि बसीबसी गर्छौ । खेल्नका लागि पनि मैदान होइन, मोवाइल वा भिडियो गेम रोज्छौ । यता भोज, पार्टी, फेमेली गेटटुगेदर, चाडपर्व आदिको नाममा खाने संस्कृति बढ्दो छ । यहि कारण हामी मोटो हुँदैछौ । भनौ, हामीलाई मोटोपनले गाँज्दैछ ।

चिकित्सकहरुले भन्दै आएका छन्, खानका लागि बाँच्ने प्रवृत्ति नै यसको मूल कारण हो । बाँच्नका लागि खाने होइन, खानका लागि बाँच्ने ।

बद्लिदो जीवनशैली, अस्वस्थ्यकर खानपान लगायतका कारण नेपाल लगायतको दक्षिण एसियाली मुलुकका महिलाहरुमा मोटोपनाको समस्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

मोटोपनबाट छुटकारा पाउन मूलत आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ । निस्त्रिmय बस्ने वा शारीरिक गतिविधि नगरी बस्ने प्रवृत्ति त्याग्नुपर्छ । शरीर चलायमान हुनुपर्छ । त्यही अनुरुप स्वस्थ्य र सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ । त्यससँगै व्यायामलाई जीवनकै अभिन्न पाटोको रुपमा लिनुपर्छ ।

यहाँ सामान्य टिप्स दिइएको छ ।

– चिल्लो, तारेको, भुटेको, मसलेदार खानेकुरा त्यागौं । सकेसम्म उसिनेको खानेकुरा सेवन गरौं । रेष्टुरेन्टको खानेकुरा, फास्टफूड, जंकफूड खाने नगरौं ।

– एकै पटक धेरै खाने, खाना खाइसकेर सुत्ने जस्ता बानी त्यागौं । थोरै थोरै तर धेरै पटक खानेकुरा सेवन गरौं ।
– खानेकुरामा सलादको मात्रा बढी हुनुपर्छ । ताजा फलफूल सेवन गरौं । फलफूल, सलादको सेवनले मोटोपन नियन्त्रणमा प्रभावकारी काम गर्छ ।

– बढिभन्दा बढि पैदल हिँड्न प्रयास गरौं । मोटोपना घटाउन कसरतको ठूलो भूमिका हुन्छ । नियमित कसरतले शरीरलाई चुस्त र स्लिम राख्छ ।

– नास्ताले हाम्रो दिनभरीको पोषणसम्वन्धि आवश्यकतालाई पूरा गर्छ । त्यसैले नास्तालाई बढिभन्दा बढि पौष्टिक बनाएर खाने गरौं ।

– ओखर बेस्सरी खानुपर्छ । यसले ओमेगा ३ फ्याटी एसिडको राम्रो मात्रा प्राप्त हून्छ, स्मरणशक्ति तेज रहन्छ र जवान राख्छ ।

– स्लीम राख्न दहीले पनि निकै मद्दत गर्छ । दहीमा प्रोबायोटिक्स हुन्छ, जुन राम्रो ब्याक्टेरिया हो । यसले शरीरको प्रतिरोधक क्षमता बढाउँछ । दैनिक एक कचौरा दही सेवन गर्नुभयो भने शरीरमा उर्जा पनि प्राप्त हुन्छ ।

– आइरनबाट भरपुर चिजहरु जस्तै स्याउ र मूला खाँदा शरीरमा ताकत प्राप्त हुन्छ । साथै केही समय घाममा बसेर बदाम खाएमा स्फूर्तिको महसुस गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment