Comments Add Comment

डोल्पाले बनायो अर्को चुनावी रेकर्ड, एमालेका बुढालाई ७५ प्रतिशत मत

७ पुस, डोल्पा । निर्वाचनमा एक मत बढी ल्याए पनि जित र हार हुन्छ । अझ कतिपय अवस्थामा त बराबरी मत हुँदा गोलाप्रथाबाट समेत बिजेता घोषणा गरिएका छन् ।

प्रत्यक्ष निर्वाचनको विशेषतानै के हो भने,मत जति ल्याए पनि बढी मत ल्याउने बिजेत हुन्छ । उसले कति प्रतिशत मतदाताको मन जित्यो भन्ने प्रश्नले ठाउँ पाउँदैन ।

तर, यसपटकको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा डोल्पाबाट नयाँ रेकर्ड कायम भएको छ । डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद धनवहावुर बुढाले खसेको कुल मतको करिब ७५ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ । यो नेपालभरीकै सबैभन्दा बढी प्रतिशत मतको जितहार हो ।

वामगठबन्धनमा एमाले बाट प्रतिनिधि सभाको उम्मद्वार बनेका बुढाले कुल खसेको मतको ७४.३८ प्रतिशत मत ल्याएका हुन् ।

निर्वाचन आयोगका अनुसार डोल्पामा कुल खसेको १५ हजार ८ सय १२ मतमा बुढाले ११ हजार ७ सय ६१ म्ात ल्याएर बिजयी हुनु भए ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अंगद बुढाले ३ हजार १२७ मत पाए ।

सांसद बुढाले ल्याएको मत प्रतिशत हेर्दा नेपालमै सबैभन्दा धेरै मत प्रतिशत ल्याएर बिजयी भएको बताईए पनि तथ्याङ्क निकाल्ने काम जारी रहेको निर्वाचन आयोग काठमान्डौका उपसचिव बिवेकसेन ढकालले बताए ।

सांसद बुढाले डोल्पाबाट २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा पनि भारी मत ल्याएर बिजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment