Comments Add Comment

सीतापाइलामा सिभिल होम्सः हरियालीसहित चिटिक्कको बस्ती


८ पुस, काठमाडौं । हाउजिङमा सफल कम्पनी सिभिल होम्सले आफ्नो सातौं परियोजनाका रुपमा रहेको सीतापाइलामा धमाधम घरहरुको बुकिङ लिइरहेको छ । चक्रपथबाट १.४ किलोमिटर मात्रै भित्र बनाइरेको सिभिल होम्सको यो हाउजिङमा पछिल्लो समय बुकिङ लिने बढेका छन् ।

विशेष गरी, काठमाडौंभित्र पनि शान्त तथा रमणीय वातावरणमा बस्ती रहेका कारण ग्राहकहरुबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको सिभिल होम्सका कर्पोरेट तथा मार्केटिङ विभाग प्रमुख मुनिन्द्र श्रेष्ठ बताउँछन् ।

उनका अनुसार सिभिल होम्सले यसअघिका ६ वटा परियोजनाको सिकाइबाट सीतापाइलाको हाउजिङलाई निकै परिस्कृत ढंगले प्रस्तुत गरेको छ । यहाँ सबै व्यक्तिगत घरहरु बनेका छन् ।

आधुनिक र व्यवस्थित बस्तीका लागि उत्कृष्ट भू-बनोट भएको क्षेत्रमा पर्छ । अग्लो भूभागमा भएकाले यो हाउजिङलाई धेरैले रुचाएका छन् ।

यहाँ हरियाली वातावरण पनि भएकाले आवासका लागि निकै उपयुक्त रहेको घर बुक गरिसकेककाहरु बताउँछन् ।

‘यो बस्तीका सबै घर निकै महत्वपूर्ण खालका छन् । काठमाडौंभित्र यस्तो बस्तीमा यस्ता घर सुपथ मूल्यमै पाउनु जो-कोहीका लागि सौभाग्यको कुरा हो,’ श्रेष्ठ भन्छन्, ‘सबै किसिमबाट यो क्षेत्र आवासका लागि अति उपयुक्त छ । झन् हामीले विकास गरेको यो बस्तीले यस क्षेत्रको महत्वलाई बढाएको छ ।’

एक सय सात वटा घर रहने यो परियोजनालाई सिभिल होम्सले ‘प्रकृतिको काखमा रहेको मेरो घर’ अवधारणामा प्रवर्द्धन गरिरहेको छ । वरपरको हरियालीसँगै माथिल्लो भागमा घरहरुबाट काठमाडौंको मौलिक सौन्दर्य पनि देख्न सकिन्छ ।

सिभिलका घरहरु निकै आकर्षक इन्टेरियरमा सजाउन सकिने किसिमले बनाइएको छ ।


घरका सबैजसो भागलाई उत्कृष्ट फिनिसिङ दिइएको छ । उपभोक्तालाई घरभित्र ‘घर’कै जस्तो अनुभुति दिलाउन सक्ने गरी स्पेसहरु सिर्जना गरिएको छ ।

सुरक्षित क्षेत्र

सिभिल होम्सको सातौं परियोजनाले बस्ती बसाल्दै गरेको क्षेत्र सबै किसिमबाट सुरक्षित रहेको दाबी कम्पनीको छ । चक्रपथबाट नजिकै भएकाले पनि बस्तीमा कुनै पनि आकस्मिक अवस्थामा असुरक्षाको महशुुस हुन पाउँदैन ।

बस्ती पुग्ने बाटो फराकिलो छ । त्यसमाथि सरकारले उक्त सडक विस्तारको योजना बनाएको छ । त्यसैले उक्त मार्ग अझै विस्तारित हुनेछ ।


त्यसैगरी, बस्तीलाई सबैतर्फबाट घेरिने भएकाले बासिन्दा आफैंले पनि सुरक्षा व्यवस्था गर्न सक्छन् ।

कम्पनीले यो आधुनिक तथा सुविधासम्पन्न हाउजिङलाई स्वास्थ्य, खुशी र शान्तिको पर्यायका रुपमा प्रवर्द्धन गरेको छ ।

खानेपानीसहित सबै सुविधा

बस्तीमा खानपानीको राम्रो सुविधा छ । डिप बोरिङमार्फत् पानी तानेर त्यसलाई एउटै प्रणालीमार्फत् वितरण गर्ने व्यवस्था गरिएको प्रोजेक्ट म्यानेजर रमेश थापा मगर बताउँछन् ।

सबै घरबाट वषर्ाको पानी संकलन गरी एकै ठाउँमा जम्मा गर्ने र त्यसलाई ‘टि्रटमेन्ट’ गरी पुनः वितरण गर्ने प्रणाली पनि यसमा जोडिएको छ । घरमा राखिएका ट्यांकमा पानी सकिनासाथ खोलेर भर्न मिल्ने मगर बताउँछन् ।


त्यसैगरी, बस्तीभित्र बिजुली, ढल, सडकसहितका सबै पूर्वाधारलाई प्राथमिकता दिएर तयार गरिएको छ । बस्तीभित्रका मुल सडकहरु फराकिला छन् । सहायक सडकहरु पनि फराकिलो रहेकाले यहाँ उपभोक्ताको आकर्षण बढेको दाबी कम्पनीको छ । यहाँ चारदेखि पाँच मिटर फराकिला सडक छन् ।

सबै घरमा विद्युत ब्याक-अपका लागि सौर्य ऊर्जा जोडिएको छ । सबै घरमा जापानी प्रणालीको ‘वेस्ट वाटर म्यानेजमेन्ट सिस्टम’ जोडिएको छ । त्यसको उपयोग गरेर बगैँचालाई चाहिने कम्पोस्ट मलको व्यवस्थापन घरमै गर्न सकिनेछ ।

गुणस्तरीय र आकर्षक

बस्तीका सबै घर निकै आकर्षक डिजाइनमा छन् । कतिपय घरहरु एकल परिवारका लागि मात्रै हुने खालका छन् भने कतिपयमा संयुक्त परिवार पनि बस्न सक्छन् ।

बुक गरेपछि ग्राहककै सुपरीवेक्षणमा घर बनाइने भएकाले गुणस्तरहीन निर्माणको शिकार बन्नुपर्ने अवस्था छैन ।

‘हामीले घर कसरी बनाइरहेका छौं, कस्ता निर्माण समग्री प्रयोग गरिरहेका छौं भनेर ग्राहकले आफैंले विज्ञमार्फत् राय लिन सक्छन्,’ मार्केटिङ प्रमुख श्रेष्ठ भन्छन्, ‘ग्राहकलाई हामीले दिने घर गुणस्तरमा कमजोर छैन भन्ने प्रमाणित गर्न पाउँदा हामी पनि आभारी हुन पाएका छौं ।’

सबै घरलाई अधिकांश समय सीधा घाम पुग्नेगरी डिजाइन गरिएको छ । घरका कोठाहरुमा पनि पर्याप्त स्पेस रहने गरी व्यवस्थापन गरिएको छ ।

घरहरु बीचमा ग्यास राखेर उपभोक्ताको ‘प्राइभेसी’लाई पनि महत्व दिइएको छ । आकर्षक तरिकाले सजाउन मिल्ने गरी सबै घरमा बगैँचाको पनि व्यवस्था गरिएको छ । घरको कम्पाउन्डभित्र केही रुख रोप्न मिल्ने गरी स्पेस राखिएको छ ।

घरको बरन्डामा गाडी पार्किङ गर्न सकिन्छ । घरहरुमा लिभिङ रुम, किचन, बेड, पूजा कोठा र एट्याच शौचालयसम्मको सुविधा उपलब्ध छ ।


खुला हरियाली क्षेत्र

बस्तीको वरपर पर्याप्त खुला क्षेत्रहरु राखिएका छन् । एउटा मन्दिर पनि निर्माणको योजना छ । विभिन्न स्थानमा गि्रनरी बेल्ट पनि तयार गरिएको छ । त्यसैले सीतापाइलामा सिभिल होम्सले तयार गर्दै गरेको बस्ती धेरैको रोजाइ बन्ने देखिएको छ ।


उच्च स्थानमा आधुनिक हिसाबले विकास गरिएको बस्ती भएकाले यसले धेरैको ध्यान खिचेको छ । ‘डाक्टर, इन्जिनियर, व्यापारी, उद्योगीलगायत पेसाकर्मीले हाम्रा घरहरु बुकिङ गरिरहनुभएको छ,’ म्यानेजर मगर भन्छन्, ‘यो बस्तीमा धेरै वरिष्ठ व्यक्तित्व नै आउनुभएको छ, साथै सामान्य ग्राहकले पनि बुकिङ लिइरहनुभएको छ ।’

ग्राहकले आफ्नो आवश्यकताअनुसार विभिन्न मूल्यका घरहरु पाउने मार्केटिङ प्रमुख श्रेष्ठ बताउँछन् । यहाँ दुई करोड रुपैयाँभन्दा माथि मूल्यका घरहरु छन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार फरक-फरक मूल्यको घर किन्न सक्छन् ।

भूकम्प प्रतिरोधी भवन

करिब एक सय सात वटा ब्लक रहेको यो हाउजिङमा उत्कृष्ट रंग र डिजाइन गरिएको छ । करिब ४५ रोपनीमा फैलिएको बस्तीलाई ‘एक मान्छे एक रुख’ अवधारणामा विकास गरिएको छ ।

बस्तीको ३० प्रतिशत क्षेत्रलाई गि्रनरी स्पेसका रुपमा राखिएको छ । यो बस्तीमा अढाइ आनादेखि साढे ६ आनामा बनेका घरहरु किन्न सकिन्छ ।

वास्तु प्रमाणित यस बस्तीका सबैै घर र संरचना भूकम्प प्रतिरोधी हुन् । अहिले सिभिल होम्सले यसको धमाधम बुकिङ लिइरहेको छ । कतिपयले घर लिएर बस्न शुरु गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment