+
+

भारतको प्रख्यात प्रि-स्कुल स्यानफोर्ट काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ८ गते १६:११

८ पुस, काठमाडौं । भारतको प्रख्यात स्यानफोर्ट प्रि-स्कुल काठमाडौंमा सुरु भएको छ । काठमाडौंको विशालनगर मार्गमा स्थापनाभएको स्यानफोर्टर् प्रि-स्कुलको उद्घाटन प्रहरी अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजि पुस्कर कार्की र अभिनेत्री केकी अधिकारी र सैनफोर्ट स्कुल समुहका प्रबन्ध निर्देशक एस के राठौरले सनिवार संयुक्त रुपमा गरे ।

पि्र-स्कुल उद्घाटन कार्यक्रममा स्यानफोर्ट स्कुल समुहका प्रबन्ध निर्देशक राठौंरले यस स्कुलमार्फत वेलायती अवधारणा अनुसार शिक्षा दिने बनाए ।

भारतको उत्कृष्ट पि्र-स्कुलको ब्राण्ड बनाउन सफल स्यानफोर्ट वालवालिकाको समग्र विकासका लागि ठुलो योगदान पुर्‍याउँदै आएको छ । नेपालमा पनि सोही स्तरको शिक्षा दिनका लागि यो स्यानफोर्ट पि्र-स्कुल स्थापना गरिएको हो । यस स्कुलले प्रारम्भीक वर्षमा सिकाइमा आउने ‘ग्याप’लाई पुरा गरेको छ ।

स्यानफोर्टर् पि्र-स्कुलका धेरै विशेषताहरु रहेका छन् । यस स्कुलका कक्षाकोठाहरु रंगिन क्रियाकलाप केन्द्रीत रहेका छन् । त्यसैगरी स्मार्ट लर्निङ सिस्टम तथा खेलौना सम्बन्धी आधुनिक उपकरणले भरिपुर्ण भएका कारण यस स्कुल वालवालिकाका लागि सपनाको घर जस्तै साबित भएको छ ।

यहाँ पढाइ हुने पाठ्यक्रम समय सुहाउँदो तथा प्रभावकारी छ जसका कारण वालवालिकाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेसमा विकसित भएका पछिल्ला घटनाक्रमलाई सहजरुपमा सिक्न सहज हुनेछ । स्यानफोर्ट स्कुल समुहअन्तर्गत भारत, बंगलादेश र नेपाल सहितका मुलुकमा १५० भन्दा बढी स्कुलहरुको नेटवर्क छ ।

यसले ४० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड हात पारिसकेको छ । हरेक स्कुलका प्रमुख तथा शिक्षकहरुले स्यानफोर्ट मुख्य कार्यालयबाट उच्च स्तरको तालिमप्राप्त गरेका छन् । जसका कारण पनि उनीहरुलाई स्कुलमा पढाइ हुने पाठ्यक्रम कार्यान्वयनमा सहयोग पुर्‍याएको छ ।

स्कुलले निकट भविस्यमै अन्य धेरै शाखा सञ्चालनगर्ने योजना बनाएको छ । काठमाडौंको विशालनगर मार्ग स्थित स्कुल उद्घाटन कार्यक्रममा स्यानफोर्ट प|mेन्चाइज निर्देशकहरु विनोद श्रेष्ठ र सागर प्रजापतिले यस स्कुलमार्फत गुणस्तरीय र स्यानफोर्ट निर्देशगरे अनुसारको शिक्षा दिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । यस स्कुलबाट पढेका विद्यार्थीहरु अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न योग्य हुने उहाँहरुको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?