Comments Add Comment

पूर्वको पर्यटकीय गन्तव्य बन्दै बर्जु ताल

जैविक विविधतायुक्त सिमसार

९ पुस, विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-६ मा रहेको बर्जु तालको संरक्षणमा स्थानीयवासी जुटेसँगै बर्जुताल पूर्वकै पर्यटकीय गन्तव्य बन्न थालेको छ ।

धार्मिक पौराणिक महत्वको रुपमा रहेको पर्यटकीयस्थल बर्जुताल संरक्षणमा केही वर्षयता स्थानीय वासिन्दाहरुले चासो देखाउन थालेसँगै तालको स्वरुप नै फेरिन थालेको छ ।

बर्जु ताल प्रदेश नम्वर एकको सबैभन्दा ठूलो जलाशय भएको क्षेत्रमा समेत पर्दछ ।

पछिल्लो समय बर्जु तालमा पिकनिक खानेदेखि अध्ययन अनुसन्धानका लागि पनि धेरै मानिस पुग्ने गरेका छन् ।
अहिले पूर्वकै बिभिन्न प्रमुख पर्यटकीय स्थान मध्ये एउटा बर्जुताल पनि हो ।

व्यवस्थित बन्दै ताल

सरकारी उदासिनताले लामो समयदेखि विकासको ओझेलमा पर्दै आएको बर्जुताल संरक्षणमा स्थानीयवासीले चासो दिएपछि ताल क्षेत्रमा धमाधम विकासका कार्यहरु संचालन हुन थालेकोले तालको मुहार फेरिन थालेको हो ।

एक सय ५१ विगाह बढी क्षेत्रफलमा फैलिएर रहेको बर्जुताल १ सय विघा क्षेत्रमा जलाशय रहेको छ ।

गएको वर्ष ताललाई व्यवस्थित गर्न नेपाली सेनाले काम गरेको थियो ।

तीन करोड ६३ लाख वजेटमा सेनाले ताल सफाई गर्ने,तालका चारै तर्फ वाँध निर्माण घेरावेरा लगायतको काम सम्पन्न गरेको थियो ।

सेनाले मूख्य ताल रहेको क्षेत्रको बीचमा शिव मन्दिर समेत निर्माण गरिदिएको छ । जसले गर्दा तालको शोभा बढेको छ ।

बर्जुताल सिमसार विकास संरक्षण समितिका अध्यक्ष बालिम चौधरीका अनुसार विभिन्न समयमा ताल संरक्षण र संरचना निर्माणका निम्ति हालसम्म प्रधानमन्त्री विकास कोषवाट ३५ लाख,जिल्ला विकास समिति सुनसरीवाट ४ लाख,पर्यटन मन्त्रालयवाट २५ लाख संसाद विकास कोषवाट विजयकुमार गच्दारले १५ लाख र रामकुमार सुव्वाले ३ लाख रकम आएको छ ।

ताल संरक्षण समितिका अनुसार हिन्दू धार्मिक ग्रन्थ महाभारतका पात्र पाँच पाण्डवको कहानीसँग यो तालको सम्बन्ध जोडिएको छ ।

बिराट राजाको दरबार, गौशाला अनि चरन क्षेत्रसँगै वनवास गएका पाण्डवहरुले तालको पानी पिउँदा बेहोस भएको जस्ता धार्मिक कथनसँग तालको सम्वन्ध जोडिएको छ ।

प्रकृति निर्माण बर्जुताल केही वर्ष अगाडि संरक्षण अभावमा उजाड र घाँसे मैदानको रुपमा परिणत बन्दै गएको थियो ।

समितिका अध्यक्ष चौधरीका अनुसार ताल हेर्न आउने र यहाँको दृष्यसंग रमाउने आन्तरिक तथा बाहृय पर्यटकको संधै भिड लाग्ने गरेको छ ।

दैनिक सय बढी पर्यटक आउने गरेका छन् ‘सार्वजनिक विदाका दिन पाँच सय भन्दा बढी आउँछन् र्चौधरीले भने,’ताल अवलोकनका लागि आन्तरिक बाहेक अस्ट्रोलिया, इङ्ल्याण्ड, अमेरिक, चीन र भारतबाट समेत पर्यटकहरु समेत बर्जु तालको अध्यायन अनुसन्धानका लागि आउने गरेका छन् ।’

तालमा गर्न सकिने नौका विहार र चिल्ड्रेन पार्क पर्यटकका लागि मुख्य आकर्षण वन्ने गेरेको छ । नौका विहारका लागि १५ वटा बोटहरु छन् ।

जैविक विविधतायुक्त बर्जु ताल

बर्जुताल सिमसार क्षेत्र पनि हो । यहाँ वाह्रै महिना जमिनमुनिबाट पानी उमि्रने गर्दछ ।

सिमसार भएकाले बर्जुतालमा जलचर,थरचर प्राणीको वासस्थान समेत रहेको छ ।

यहाँ विभिन्न प्रजातिको चराहरु आउने गरेका छन् । बर्जु ताल जैविक विविधताले अत्यान्तै धनी रहेको वातावरणविज्ञ रामचन्द्र अधिकारीले वताए ।

विराटनगरस्थित स्नाकोत्तर क्याम्पसका उप-प्रधाध्यापक समेत रहेका अधिकारीले अहिलेसम्म भएको अध्यायले अन्तराष्ट्रिय स्तरका र कोशी टप्पुमा आउने मैसमी चराहरु बर्जुतालमा समेत आउने गरेको रेर्कट रहेको जानकारी दिए ।

अधिकारीले भने ‘विभिन्न प्रजातिका चरासहित अन्य जलचरहरुको समेत बजुताल ठुलो वासस्थन हो,यस विषयमा रहेर गहिराईमा अध्ययन, अनुसन्धाका लागि यो विश्व विद्यालय हो,’उनले भने ‘धेरै विधार्थीले अध्ययन अनुसन्धान गर्न सकिने छन्’ ।

उनले यति ठूलो जलाशय भएको ठाँउपसिन दुलर्भ रहेको बताउँदै यसलाई रामसार साइटमा समेत सूचीकृत गर्न सकिने सम्भावना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment