+
+
Shares

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा बढ्दा पनि घट्यो प्रतिसेयर आम्दानी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते ९:४८

२१ वैशाख, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार कम्पनीको नाफा ८.४९ प्रतिशत बढेको छ । चालु आवमा तेस्रो त्रैमाससम्म कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४३ करोड ५४ लाख रुपैयाँ थियो ।

खुद प्रिमियम आम्दानी पहिले १२ अर्ब २ करोड रुपैयाँ रहेकोमा अहिले १२ अर्ब १८ करोड छ । नाफा बढे पनि प्रतिसेयर आम्दानी घटेको छ । कम्पनीको चुक्ता पूँजी बढेसँगै प्रतिसेयर आम्दानी घटेको हो । पहिले ८ अर्ब २ करोड रहेको चुक्ता पूँजी अहिले ९ अर्ब १४ करोड पुगेको छ ।

वार्षिक प्रतिसेयर आम्दानी पहिले ७ रुपैयाँ २४ पैसा रहेकोमा अहिले ६ रुपैयाँ ८९ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ७ पैसा छ । गत साता बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ४१७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?