Comments Add Comment

क्रिसमस इभः मस्ती अनलिमिटेड

कहाँ के हुँदैछ ?

घडीको सुईले जति-जति फन्को लगाउँदैछ, उत्तिनै तन्नेरीहरुको उमंगको व्यारोमिटर चढ्दैछ । हुनपनि आज, क्रिसम इभ । घडीले साँझको ७ बजेको जनाउ दिएसँगै उनीहरु मस्त नाच्ने मुडमा छन् । यसका लागि शहरभरीका क्याफे, लाउन्ज, डिस्को थेक, तारे होटल जागा बस्नेछ ।

भोलि क्रिसमस । त्यसैको पूर्वसन्ध्यामा मस्त रमाउने गरिन्छ, विश्वभर नै । यहि मेसोमा नेपाली तन्नेरीहरु पनि ‘अनलिमिटेड’ मस्ती गर्छन् । खान्छन्, पिउँछन्, नाच्छन् । उनीहरुकै खातिर शहर रातभर जाग्रम बस्छ ।

इभ पार्टी कसरी सेलिब्रेट गर्ने ? तन्नेरीहरुले पक्कै तयारी गरिसके । कोही नाइट स्टेको तयारी सहित भोटेकोसीको तिरतर्फ लाग्दैछन् । कोहि मस्त नाच्ने मुड वनाएर ठमेल वा दरवारमार्गको डान्स क्लवतिर लम्केलान् । कतिले घरमै साथीभाईलाई निम्तो गरेर मीठो-मसिनो खादै रमाउँलान् ।

सपिङ सेन्टर, मलमा विन्टर कार्निभल सुरु भइसकेको छ । शान्त क्लज, क्रिसमस टि्र र थरीथरीका सामाग्रीले क्रिसमस बजार उत्कर्षमा पुगेको छ । हिँउदको यो चिसो मौसममा रमाउनका लागि अरु के वाहाना चाहियो ?

तन्नेरीलाई रमाउने वाहाना

अहिलेको पुस्तामा के ट्रेन्ड देखिएको छ भने, हरेक पर्व, उत्सवलाई उत्तिकै सौहार्द्धपूर्ण मनाउने ।  यसका लागि उनीहरुलाई न जातले छेक्छ, न समूदायले, न सम्प्रादयले, न भूगोलले ।

पूथ्वीको अर्को गोलार्द्धमा कुनै उत्सव मनाइरहँदा त्यसको राप नेपाली समाजमा पनि आइपुग्छ । तन्नेरीहरु उन्मुक्त ढंगले उत्सव सेलिब्रेट गर्छन् । उनीहरुको मान्यता के पनि छ भने, जीवन उत्सवमय हुनुपर्छ ।

जाग्राम बस्दैछ शहर

क्रिसमस, जसलाई एकथरीले आयतित पर्व मान्छन् । ‘धर्म र सम्प्रदाय’को फ्रेमबाट हेरिने यस्ता पुरातन दृष्टिकोण अहिले भने फेरिएको छ । चाहे क्रिसमस होस् वा इद वा दशैं । आपसमा घुलमिल भएर रमाउने जमात बढ्दैछ । त्यसो नहुँदो हो त, क्रिसमस इभलाई शहरले यति भव्यताका साथ स्वागत गर्ने थिएन ।

शहरका तारे होटलदेखि डिस्को थेकसम्मले आगन्तुकका लागि मनोरञ्जनको प्याकेज पस्कने तयारी गरिरहेको छ । कति ठाउँमा लाइभ म्युजिक सुन्न सकिनेछ भने कतिमा डिजेङको तालमा नाच्न सकिनेछ । यसका निम्ति देश-विदेशका डिजे, संगीतकर्मी, नृत्यांगना निम्त्याइएको छ । उनीहरुले मदिरा र स्न्याक्ससँगै ननस्टप डान्सिङ नम्बर पस्कनेछ । यसका लागि साँझ सात बजेसम्म भने कुर्नुपर्नेछ ।

कहाँ के हुँदैछ ?

चाहे काठमाडौं होस् वा पोखरा, चाहे धरान होस् वा चितवन, सबैतिर क्रिसमसको रंग चढिसकेको छ । आजको साँझ छिप्पिदै जाँदा यी शहर क्रिसमस इभमा मात्तिनेछ ।

कतै डिजेको तालमा पसिना चुहिनेगरी डान्स गर्न पाइनेछ, कतै मधुर संगीत र मदिराको तालमा झुम्न सकिनेछ । लाइभ म्युजिक, डिजे सेसनदेखि फेसन शोसम्मको शेड्युलले आजको रातलाई रंगीन बनाउनेछ ।

राजधानीको तारे होटलहरुले पनि इभको खास तयारी गरिरहेको छ । यसका लागि सोल्टी क्राउन प्लाजाले गार्डेन टेरेस रेष्टुरेन्टलाई झकिझकाउ बनाएको छ । त्यहाँ रमाइलो गर्न प्रतिव्यक्ति चार हजार खर्च गर्नुपर्नेछ । दरबारमार्गको होटल अन्नपूर्णको प्रेक्षालयमा क्रिमसस नाइटको रौनक चढ्दैछ । त्यहाँ क्रमस फेसन शो, बलिउड डान्स, बेली डान्स, म्युजिक, कमेडी र डिजे सेसन चल्नेछ । यसका लागि पन्ध्र सय रुपैयाँ टिकट तोकिएको छ ।

गोकर्ण फरेष्ट रिसोर्टले आजको साँझ अनलिमिटेड मनोरञ्जन पेश गर्दैछ । त्यहाँ डिजे पुनितको डिजेइङमा कम्मर मर्काउन पाइनेछ । प्रवेश शुल्क प्रतिव्यक्ति सात हजार रुपैयाँ तोकिएको गोकर्णको क्रिसमस इभमा अनिलिमिटेड स्न्याक्स, डि्रक, बुफे, डुअर प्रइज लगायतको आकर्षण छ । त्यहाँको कार्यक्रमलाई सुभेक्षा खड्काले होस्ट गर्दैछिन् ।

दरबारमार्गको द भिक्टोरी लाउन्जमा सविन राई गुञ्जदैछ । जिंगल एन्ड मिंगल दिस क्रिसमस शीर्षकको इभमा आगन्तुकले सात बजेदेखि रमाइलो गर्न पाउनेछन् । यता ठमेलको इबिजा लाउन्जमा दृश्य व्यान्ड घन्किदैछ । त्यहाँ कम्प्लीमेन्ट्रीको रुपमा भोड्का घुट्काउन पाइनेछ ।

कुपन्डोलस्थित बि्रक्स क्याफेले पनि क्रिमसम इभमा आगन्तुकलाई रमाइलो गराउँदैछ । त्यहाँ मिठोमसिनो परिकारसहित लाइभ म्युजिकको स्वाद लिन पाइनेछ । गंगबुस्थिते बिजी मलको चौथो तलामा रहेका बसिल क्याफेमा क्रिसमस इभको विशेष तयारी छ । आज साँझ आठ बजेदेखि सुरु हुने मनोरञ्जनात्मक कार्यक्रममा लाइभ म्युजिकको आनन्द लिन सकिनेछ ।

दरबारमार्गको आइ क्लबमाले आज साँझ तन्नेरीहरुलाई मस्त नचाउँदैछ । त्यहाँ चर्चित डिजेको डिजेइङमा रमाउन सकिनेछ । शहरका अरु थुप्रै रेष्टुरेन्ट, लाउन्ज, डान्स बारमा क्रिसमस इभ मनाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment