Comments Add Comment

किन र कसरी मनाउने क्रिसमस ? यस्तो छ कथा

आज क्रिसमस इभ । शहरमा अहिले इभको तयारी भइरहेको छ । खासगरी शहरिय तन्नेरीले क्रिसमस इभलाई मन खोलेर सेलिब्रेट गर्छन् । हुन त यो इशाई समूदायमा प्रचलित उत्सव हो । तर, अहिले अन्य समुदाय पनि यस पर्वमा रमाउन थालेका छन् ।

हिँउद महिनाको सुरुवाततिर क्रिसमसको रौनक चढ्छ । यतिबेला पश्चिमा मुलुकमा हिँउ पर्न थालिसकेको हुन्छ ।

२५ डिसेम्बरमा प्रभु जिसस क्राइस्टको जन्म भएको मानिन्छ । त्यही आधारमा क्रिसमस मनाउने गरिएको हो । अर्थात जिससको जन्मदिन ।

कथा यस्तो छ

क्रिसमसको कथा आजभन्दा करिब २ हजार बर्षअघिको हो । बाइबलमा उल्लेख भए अनुसार त्यसबेला रोम शासन थियो । रोम शासनबाट बचाउनका लागि जिसस क्राइस्ट धर्तीमा अवतरण गरेका थिए ।

जिससले जन्मका लागि एक कुमारी कन्य म्यारी छनौट गरे । म्यारीकहाँ एक देवदुत पठाइयो र भनियो, ‘तिमीले प्रभूको पुत्र जीससलाई जन्म दिनुपर्नेछ ।’

उनले उक्त पुत्र पछि राजा हुने पनि बताए ।

जुन दिन जिससको जन्म हुनेवाला थियो । त्यसबेला म्यारी र जोसेफ बेथलेहतिर जाँदै थिए । त्यसबेला बेथलेहम निकै भिड हुन्थ्यो । उनीहरुले बस्ने ठाउँ पाएनन् । त्यसैले त्यस रातका लागि घोडाको तबलामा बसे । त्यही जिससको जन्म भयो ।

यहि कथालाई आधार मानेर क्रिसमस मनाइन्छ ।

क्रिसमस ट्रि, झिलिमिली, शान्त क्लज र उपहार

क्रिसमसलाई पश्चिमा समाजले भव्यताका साथ मनाउने गर्छन् । यसबेला घर घरमा क्रिसमस टि्र सजाउने, त्यसमा रंगीचंगी बिजुली बाल्ने, खेलौनाहरु सजाउने जस्ता विधीहरु गरिन्छ ।

के पनि भनाई छ भने, शान्त क्लज (जसलाई क्रिसमसको पिता भनिन्छ) यसबेला हरेकको ढोकामा आउँछन् । त्यही कारण पनि घरलाई झिलिमिली बनाइन्छ । शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ । यस पर्वको खास विशेषता भनेको क्रिसमस टि्र, शान्त क्लज, उपहार नै हो । यतिबेला रातो पृष्टभूमीमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ ।

बच्चाका लागि उपहार

क्रिसमससँग जोडिएको रोचक कथा पश्चिमा समाजमा प्रचलित छ, खासगरी बच्चाहरुका निम्ति । भनिन्छ, शान्त क्लजले आकासमा बसेर बच्चाहरुले गर्ने गतिविधि नियालीरहेको हुन्छ । बच्चाले के राम्रो गरेको छ, के नराम्रो गरेको छ, सबै लेखाजोखा गर्छ । अनि सुनको मृगले तानेको रथमा चढेर आकाशको बाटो हुँदै हरेकेका घरघरमा आउँछ । राम्रो काम गर्ने बच्चाका लागि खास उपहार लिएर छाडिदिन्छ ।

संभवत धर्मको माध्यामबाट बच्चाहरुलाई सत्मार्गमा लाग्नका लागि प्रेरित गरिएको हो ।

च्लायमान अर्थतन्त्र

क्रिसमसले विश्व अर्थतन्त्रमै प्रभाव पार्छ । बजारको ग्राफ एकाएक आकासिन्छ । पसलमा नयाँ नयाँ सामग्री, खाद्यन्न, लताकपडा, सजावटको सामाग्री, उपहारको खरिद बिक्री हुने गर्छ । अमेरिकामा क्रिसमसको लागि किनमेलको मौसम नै मानिन्छ । यस दिनलाई ब्ल्याक फ्राइडे पनि भनिन्छ । यो दिन थ्यांक्स गिभिङसम्म आएर समापन हुन्छ । मनोरञ्जनदेखि ठूलठूला उद्योगले आफ्नो उत्पादनका लागि विशेष मौकाको रुपमा क्रिसमसलाई उपयोग गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment