Comments Add Comment

सोनम कपुरको बिहे, यस सानदार ठाउँ बुक

बलिउड अभिनेत्री सोनम कपुरले पनि यसपाली जोडी बाँध्ने संकेत देखिएको छ । अनिल कपुरकी यी ग्ल्यामरस छोरीले अंग्रेजी नयाँ बर्ष अर्थात २०१८ मा बिहे गर्ने भएको हो । उनी अहिले रिलेसनसिपमा छिन् । तीन बर्षदेखि आनन्द आहूजासँग उनको डेट चलिरहेको छ ।

हाल उनीहरु लन्डनमा जाडो विदा मनाइरहेका छन् । त्यसो त दुबै एकसाथ देखिने गरिएको छ । दुबै छुटीमा पनि सँगसँगै देखिन्छन् । भनिहालौ, आनन्द दिल्लीका बिजनेसम्यान हुन् । उनीहरु अब एक हुने भएका छन् । उनीहरुको बिवाहका लागि जोधपुरको उम्मेद भवन प्यालेस बुक गरिएको खबर छ । यद्यपी दुबैले अहिलेसम्म आफ्नो रिलेसनलाई आधिकारिक रुपमा बताएका भने छैनन् ।

उनै आनन्दसँग सोनमको इंगेजमेन्ट हुने चर्चा यसअघि नै चलेको हो । यद्यपी त्यो हल्ला मात्र रहेछ ।

अहिले सोनम आफ्नी दिदी रिया कपूरको निर्देशनमा बनिरहेको फिल्म ‘वीरे दी वेडिङ’ को छायांकनमा व्यस्त छिन् । यस फिल्ममा सोनममा साथै करीना कपुर पनि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment