बलिउडकी देसी गर्ल प्रियंका चोपडाले हालै खुलासा गरिन्, उनले ८० जना बच्चा हुर्काइरहेकी छिन् । खासगरी ति बच्चाहरुको पढाईका लागि प्रियंकाले खर्च जुटाउने गरेकी रहिछन् ।
केहि समयअघि उनलाई एक इभेन्टमा सोधियो, ‘सुष्मिता सेन, रवीना टन्डनले अरु बच्चालाई पालनपोषण गरिरहेका छन् । तपाई किन गर्नुहुन्न ?’
जवाफमा उनले आफुले एक फाउन्डेसन चलाइरहेको बताएकी थिइन् । उक्त फाउन्डेनमा ८० भन्दा बढी बच्चा रहेछन् । उनी ति सबै बच्चाको पढाई खर्च जुटाइरहेकी छिन् । ति सबै बच्चाको परीक्षा रिपोर्ट कार्डर् पनि उनीकहाँ आइपुग्छ । जवाफमा पि्रयंकाले भनिन्, ‘यो पनि त काखमा लिए जस्तै भयो नि ।’
उनी आमा त बनेकी छिन् नै, कामुक एशियन महिला पनि । अर्थात एशियाभरकै सर्वाधिक कामुक महिला । ईस्टन आई पेपरले गरेको सर्वेक्षणबाट उनलाई ‘सेक्सिएस्ट एशियन वुमन-२०१७’ छनौट गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4