+
+
Shares

दिलनाथ गिरीलाई मन्त्रीबाट हटाउन कमल थापाले बुझाए पत्र

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १४ गते १४:०६

१४ पुस, काठमाडौं । राप्रपाले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा आफैंले प्रधानमन्त्री कार्यालयमा पत्र बुझाएका छन् । सम्वन्धित दलले सिफारिस गरेपछि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न सक्नेछन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री थापा र मन्त्री गिरीबीच चर्काचर्की भएको थियो । थापाले बेठकमा गिरीको राजीनामा मागेका थिए । तर, उनले आफूले प्रधानमन्त्रीलाई राजीनामा दिने हो भनेका थिए ।

थापाले शुक्रबार नै पार्टीको बैठक राखेर गिरीलाई हटाउनेबारे छलफल गरेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?