Comments Add Comment

दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पार्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

१६ पुस, काठमाडौं । दक्षिण अफ्रिकाको जोहान्सवर्गमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–८ घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका १ बस्दै आएका ३५ वर्षीय चित्रप्रसाद ढुंगेल छन् ।

उनी कलंकीमा रहेको करिअर हब प्रालि नामक शैक्षिक परामर्श केन्द्रका सञ्चालक समेत हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ढुंगेललाई शनिबार उनलाई घरबाटै पक्राउ गरेको हो ।

विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारेर प्रति व्यक्ति कम्तिमा ७ लाख रुपैयाँ लिएर दक्षिण अफ्रिका पुर्‍याएर पारिश्रमिकविनै काम लगाएर मानसिक तथा शारीरिक यातना दिएको आरोपमा उनलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ ।

सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार पीडितहरुलाई अफ्रिकामा अलपत्र पारी उल्टै धम्की दिइरहेको उजुरी परेको आधारमा उनलाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

कानुनतः यस्तो कार्यमा संलग्न व्यक्तिलाई २० वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment