जाडो मौसममा छाला रुखो हुन्छ, फुस्रो हुन्छ । ओंठ, नङमा पनि त्यस्तै समस्या देखापर्छ । कपालमा चायाँ पर्छ ।
घरबाहिरको मौसम चिसो हुने तर घरभित्र हिटरको गर्मीको कारणले छाला र कपालको आद्रता जान्छ र तिनीहरु रुखो तथा छाला चिलाउने हुन थाल्छ । यस्तोमा चाहे जति पनि मोइस्चराइजर प्रयोग गरौं वा कन्डिसनर लगाउने गरौं, केही फरक पर्दैन ।
यसरी बजारको सौन्दर्य प्रसाधन प्रयोग गर्नुभन्दा बढी प्रभावकारी हुन्छ, हाम्रो खानपान । यस्ता केहि खानेकुरा छन्, जो छाला र कपालको सौन्दर्यका लागि उपयोगी मानिन्छ ।
१. सुकेको नरिवल
सुकेको नरिवलको लड्डु, वर्फी, हलुवा बनाएर यसलई बिहान वा दिउँसो स्न्याक्सको रुपमा गर्न सकिन्छ । लड्डु बनाउनका लािग सुकेको खरिवल र मह मिलाउन सकिन्छ । यदि यसलाई अझै धेरै पौष्टिक बनाउने हो भने यसमा मुम्फली वा चना मिसाउन सकिन्छ ।
यसमा आवश्यक फ्याटी एसिड हुन्छ जसले कपाललाई मोटो र बाक्लो बनाउँछ । साथै यसले छालामा प्राकृतिक चमक भरिदिन्छ र ओंठ फुट्नबाट जोगाउँछ । यसमा माइक्रो न्यूटि्रयन्ट्स पनि हुन्छ जसले कपालको हाँगा फाट्ने समस्यालाई हल गर्छ र चायाबाट बचाउँछ ।
२. सख्खर
सख्खरलाई घ्यूसँग मिसाएर रोटीसँग मज्जाले खान सकिन्छ । यसर्लाइ खाना खाएपछि पनि सेवन गर्न सकिन्छ । या, यसलाई लड्डुमा मिसाउन सकिन्छ ।
यसले पेटलाई ठीक राख्न सहयोग पुर्याउँछ । तथा, डण्डीफोरमबाट अनुहारमा लागेका दागहरु सफा गर्न पनि मद्दत गर्छ । यसमा अत्यधिक मात्रामा आइरन तथा अन्य मिनरल्स पाइन्छ जसले डण्डीफोरमबाट छुट्कारा दिलाउन सक्छ ।
३. अदुवाको धुलो
सुकेको अदुवाको धुलोललाई दुध/चिया वा लड्डुमा हालेर प्रयोग गर्न सकिन्छ । यसलाई यदि टाउकोमा लगाउने हो भने नरिवलको तेल वा तिलको तेलमा मिसाएर लगाउनुपर्छ ।
यसमा एन्टीअक्सिडेन्ट हुन्छ जसले छाला तथा कपाललाई नष्ट हुनबाट बचाउँछ । यसको तेलले कपालका लागि प्राकृतिक कन्डिसनरको काम पनि गर्छ ।
४. तिल
तिलको लड्डु बनाएर खान सकिन्छ । तिललाई तरकारी, दाल वा रोटीमा पनि मिलाउन सकिन्छ । तिलमा मौजुद भिटामिन बि १ र भिटामिन इ हुन्छ जसले कपाल फुल्नबाट बचाउँछ ।
प्रतिक्रिया 4