Comments Add Comment

होचा साहरुखको ‘जिरो’मा रोमान्टिक अवतार


यो बर्ष बलिउडमा चर्चित स्टारहरुको चलचित्र रिलिज हुँदैछ । यसैले पनि बक्स अफिसमा कुन स्टारको चलचित्रले कस्तो कमाई गर्छ भन्ने आँकलन हुन थालेको छ ।
बलिउड सुपरस्टार नायक साहरुख खान यो बर्ष दर्शकलाई सरप्राइज गर्न क्रिसमसमा नयाँ चलचित्रको साथ आउँदैछन् ।

आनन्द एल रायको निर्देशनमा बनिरहेको चलचित्रको छायांकन हाल धमाधम भैरहेको छ । नयाँ बर्षको अवसर पारेर साहरुखले चलचित्रको टिजर सार्वजनिक गरेका छन् ।

चलचित्रको नाम ‘जिरो’ राखिएको छ । धेरैले विभिन्न अड्कल काँटेपनि अन्तमा आनन्द एल राय र साहरुखले चलचित्रको नाम ‘जिरो’ राखेका हुन् । चलचित्रमा साहरुख खान होचो व्यक्तिको भूमिकामा छन् ।

टिजरमा चलचित्रमा समावेश एउटा गीतको सानो अंश र साहरुखको गेटअप सार्वजनिक भएको छ । बलिउडमै अहिलेसम्मको उच्च भीएफएक्स भनिएको यो चलचित्र डिसेम्बर २१ मा रिलिज हुँदैछ ।

चलचित्रमा अनुष्का शर्मा र कट्रिना कैफ साहरुखको जोडीको रुपमा देखिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment