१८ पुस, काठमाडौं । माओवादी केन्द्रले एमालेसँग पार्टी एकता प्रक्रियालाई गति दिने निर्णय गरेको छ ।
मंगलबार आफ्नै निवास खुमलटारमा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रिया र सरकार गठनबारे भइरहेको छलफलबारे जानकारी गराएका छन् ।
‘नेतृत्वमा छलफल छ । मेन लिडरसिपको पावर शेयरिङ कसरी गर्ने भन्ने टुंगिएको छ’ नेता मणि थापाले अनलाइनखबरसँग भने, चुनावी घोषणा पत्रका आधारमा बैचारिक राजनीतिक कुरा टुंगो लगाउन सकिन्छ भन्ने छ ।’
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता पम्फा भुसालले पार्टी एकता र सरकार गठनबारे कुनै समस्या नरहेको र एकताको आश्चर्यजनक नतिजा पाउने बताइन् ।
बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएको अन्तर्घातबारे छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति गठन गरेको छ । समितिमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् ।
यस्तै पार्टी एकता प्रक्रियाबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा कार्यदल पनि बनाएको छ ।
प्रतिक्रिया 4