Comments Add Comment

निर्वाचन आयुक्तहरु राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

२० पुस, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवास भेट्न पुगेका छन् ।

प्रदेश प्रमुखहरुको नियुक्तिमा विलम्ब भइरहेका बेला आयोगका पदाधिकारीहरु राष्ट्रपति कहाँ गएका हुन् । प्रदेशसभा निर्वाचनको अन्तिम परीणाम आएको सातदिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने संवैधानिक व्यवस्था छ ।

तर, सरकारले अझै प्रदेश प्रमुख नियुक्त गरेको छैन । यसबारे सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार ५ दलको बैठक बोलाएका थिए । वाम गठबन्धनका नेताहरुले भने यो सरकारको काम हो भन्दै सहमति दिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment