Comments Add Comment

नेपाली विमान विश्वकै ‘सबैभन्दा कम सुरक्षित’को सूचीमा


२० पुस, काठमाडौं । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसहित बुद्ध एयर, तारा एयर र यती एयरलाइन्सका जहाज जहाज संसारकै कम सुरक्षित विमानको सूचीमा परेका छन् ।

एयरलाइन्सहरुको रेटिङ गर्ने वेबसाइट ‘एयरलाइन्स रेटिङ डट कम’ले ४ सय ९ वटा विमान कम्पनीहरुको रेटिङ गरेको थियो । जसमा नेपालका एयरलाइन्सहरु कम सुरक्षितको सूचीमा परेका छन् ।

गत वर्ष नेपाल एयरलाइन्सलाई यो वेबसाइटलाई कम सुरक्षित बिमान कम्पनीहरुको सूचीमा पारेको थियो । यसपाली भने ४ वटै विमान कम्पनीलाई कम सुरक्षित जहाजको सुचिमा पारेको छ । नेपालका विमानहरु बाहेक एयर कोर्याे, ब्लुविङ एयरलाइन्स र त्रिगाना पनि कम सुरक्षितमा परेका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भिर सुरक्षा चासो (एसएससी)बाट भने नेपाल गत ६ साउनमै नेपाल हटिसकेको छ । तर नेपालका विमान कम्पनीहरुलाई यो वर्ष पनि युरोपेली युनियन (ईयू) ले भने कालोसूचीमा कायमै राखेको छ ।
युरोपका २८ वटा देशका आकाशमा उड्नको लागि नेपालका विमानलाई प्रतिवन्ध लगाउने गरी ईयूले नेपाली विमानलाई कालोसूचीमा कायमै राखेको छ ।

आइकाओको गम्भीर सुरक्षा चासोबाट हटेपनि नेपाली बिमान कम्पनीहरु एयरलाइन्स रेटिङ डट कममा भने कम सुरक्षा रहेका जहाजमा परेका छन् । नेपालका बिमान कम्पनीहरुले यसपाली वान स्टार मात्रै पाएका छन् ।

विश्वका सुरक्षित बिमानमा भने एयर न्युजिल्याण्ड, अलास्का अल निपोन , बि्रटिस एयरवेज, लुफ्थान्सा, स्वीस एयरलाइन्स परेका छन् । त्यस्तै कम खर्चिला भएर पनि सुरक्षित बिमान कम्पनीमा भने एयर लिन्गुस्,  फ्रन्टियर, एच के एक्सप्रेस, वेस्टजेट जस्ता विमानहरु परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment