Comments Add Comment

निर्माणको मुख्य सिजनमै बढाइयो डन्डी र सिमेन्टको मूल्य

२२ पुस, काठमाडौं । भारत र चीन लगायतका मुलुकबाट आउने कच्चा पदार्थ महंगिएको कारण देखाउँदै सिमेन्ट र छडको मूल्यमा भारी वृद्धि गरिएको छ ।

वीरगञ्ज नाकाबाट क्लिंकर आयात गर्न समस्या भएपछि सिमेन्टमा बोरा ३० देखि सय रुपैयाँभन्दा बढी मूल्य बढाइएको छ भने छड पनि किलोकै ८ देखि १० रुपैयाँ महंगो भएको छ । प्रायः सबै ब्राण्डका सिमेन्ट र छड औसतदरभन्दा महंगो भएका छन् ।

नेपाल सिमेन्ट उत्पादक संघका अनुसार उत्पादन र ढुवानी लागत बढेकाले मूल्य बढाइएको हो । यस्तै अन्तर्राष्ट्रिय बजारमा फलामे कच्चा पदार्थ बिलेटको मूल्य बढेको भन्दै फलामे डन्डीको मूल्य पनि बढाइएको छ ।

यसले नेपालमा निर्माणका कामको लागत पनि बढाएको छ भने निर्माणेको मुख्य सिजनमै धेरै उपभोक्ताहरु मारमा परेका छन् ।

वषर्ाभन्दा यो सिजनमा निर्माण्का काम बढी हुन्छन् । हिउँदयाममै एकाएक सिमेन्ट र फलामे डन्डी एकैपटक महंगिँदै गएपछि ठूला आयोजनामा पनि यसको प्रभाव देखिने अनुमान गरिएको छ ।

भारतमै क्लिंकरको भाऊ महंगिएको कारण नेपालमा सिमेन्ट उत्पादनको लागत बढेको नेपाल सिमेन्ड उत्पादक संघका अध्यक्ष ध्रुब थापाले अनलाइनखबरलाई जानकारी दिए ।

‘अहिले डिजेल महंगिएका कारण ढुवानी भाडा पनि बढेको छ । नेपालमा बन्ने क्लिकंरका लागि भारतबाट आउने कोइला पनि महंगिएको छ । रक्सौलमा क्लिंकर अनलोड गरेर नेपाल भित्रनसमेत अवरोध छ,’ थापा भन्छन्,’उद्योगमा लोडसेडिङ बढेर जेनेरेटर चलाउनुपरेको छ । त्यसैले सामान्य भाऊ बढाएको हौं ।’

उनले भारतबाट आउने कोइला ७५ डलर प्रति टनबाट बढेर १ सय १५ डलरसम्म पुगेको दावी गरे । त्यस्तै डिजेल पनि महंगिँदा विजुली र ढुवानी भाडा पनि बढेको उनको दावी छ ।

फलामे डन्डीमा पनि एक महिनाकै बीचमा प्रति केजी १० रुपैयाँसम्मले वृद्धि भएको उद्योगीले बताएका छन् । चीनमा प्रदुषण बढेपछि बिलेट उत्पादनमा रोक लाग्दा अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेको उनीहरुको दावी छ ।

प्रतिटन बिलेट १ सय डलरभन्दा महंगो भएपछि नेपालमा उत्पादन हुने डन्डीको पनि मूल्य बढाउनु परेको तर्क उद्योगीको छ । अहिले भारतमा सरकारले खानीमा गरेको कडाइका कारण बिटेल उत्पादन प्रभावित भएको भन्द्यै नेपालमा मूल्य बढाइएको छ ।

उद्योगीहरुले उत्पादन लागत बढिरहँदा माग र आपूर्तिको बजार चक्रमा परेको प्रभावले पनि निर्माण सामग्री महंगिएको बताएका छन् । तर, सरकार भने यसमा मौन बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment