+
+

अब प्रगतिशील एजेन्डासहितको बामपन्थी सरकार: पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २३ गते १२:३१


२३ पुस,  काठमाडौं । बिना विभागीय मन्त्री एवम् महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ बाट विजयी प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले जनताले प्रगतिशील एजेन्डा सहितको बामपन्थी सरकार खोजेको बताएका छन् ।

महोत्तरीबाट काठमाडौं आएर विभिन्न पेसा व्यवसायमा आवद्ध रहेका महोत्तरीबासीहरुको साझा संगठनका महोत्तरी-काठमाडौ सम्पर्क मंचको आयोजनामा काठमाडौको तीनकुनेमा भएको कार्यक्रममा उनले जनताको अपेक्षाहरू अब पुरा पनि हुने बताए ।

नेपाली कांग्रेस जनभावना विपरीत जान खोजेको आरोप लगाउँदै पोखरेलले बाम गठबन्धनलाई जनताले अनुमोदन गरिसकेको अवस्थामा काग्रेसले जनमतको कदर गर्न नसकेको बताए ।

‘निर्वाचनको मत परिणाम आउने बित्तिकै कांग्रेसले सत्ता हस्तान्तरण गरेर जनमतको कदर गर्नुपर्थ्यो,’ पोखरेलले भने, ‘सत्ता लम्बाउने र बाम गठबन्धनलाई टुटाउनेतर्फ कांग्रेसको ध्यान गएको छ ।’

सम्मानजनक बामपन्थी एकता हुनुपर्ने बताउँदै पोखरेलले दुबै पार्टीको अस्तित्वको कदर गर्नुपर्ने बताए । उनले विकासको दृष्टिकोणले महोत्तरी एकदमै पछाडी परेको बताउदै महोत्तरीलाई नयाँ ढंगले अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको औल्याए ।

‘देश भर बामपन्थीको लहर आए पनि मधेसमा बाम गठबन्धनप्रती नकारात्मक धारणाका कारण समग्र महोत्तरीको जितको कथा लेख्न सकिएन’ पोखरेल भने, ‘मधेसमा मधेसीहरुको गठबन्धन र अस्वस्थ प्रतिस्पर्धाका बीच एउटा क्षेत्र पुरै जितेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?