Comments Add Comment

ट्रान्सर्फमर फेर्दा बानेश्वर र भक्तपुर क्षेत्रमा बिजुली आपूर्ति रोकियो


२३ पुस, काठमाडौं । शनिबार कोटेश्वर, बानेश्वर, चावाहिल भक्तपुर जस्ता क्षेत्रमा बेलाबेलामा लाइन गयो । बेलाबेलामा जाने र आउने गरेका कारण केहिले लोडसेडिङ भएको अड्कालबाजी गरे ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार शनिबार बानेश्वरको सबस्टेशनमा रहेको १८ एमबिएको ट्रान्सर्फमर फेर्न लागेका कारण उपत्यकाका केहि स्थानमा बिद्युत काटिएको थियो ।

शनिबार प्राधिकरण माग अनुसारको आपुर्ति गर्न सक्ने अवस्थामा थियो । बानेश्वरमा रहेको ट्रान्सर्फमर परिर्वतन गर्दैगर्दा पनि प्राधिकरणले सकेसम्म बिद्युत उपलब्ध गराउन खोजेको थियो । अन्य सबस्टेशनबाट बानेश्वर कोटेश्वर तथा भक्तपुरमा विद्युत प्रसारण गर्न खोज्दा सिस्टमले नधानेपछि विद्युत काटेको उनले जानकारी दिए ।

बानेश्वरमा रहेको १८ एमभिएको ट्रान्सर्फम पुरानो भएपछि प्राधिकरणले त्यसको ठाउामा नयाा ट्रान्सर्फमर लिएर जडान गरेको हो । शनिबार बिहान ६ बजेबाट ट्रान्सर्फमर फेर्ने काम सुरु भएको थियो ।

४ बजे नै यसलाई फेरिसकेको भएपनि नयाा ट्रान्सर्फमर २४ घन्टो बिना लोड चार्ज गर्नुपर्ने हुन्छ । जसका कारण आइतबार दिउासभर पनि बानेश्वरको ट्रान्सर्फमरबाट बिद्युत सप्लाई गर्न सम्भव भएन । जसका कारण आइतबार पनि विभिन्न स्थानमा फाट्फुट लाइन काटिएको घिसिङले जानकारी दिए । तर बेेलुका ४ बजेबाट भने यसबाट विद्युत प्रसारण हुन सुरु भइसकेको छ ।

‘देशभर लोडसेडिङ छैन ढुक्क भए हुन्छ र अब हुादैन पनि, पुराना ट्रान्सर्फमर फेर्दैछौं, त्यसैले कहिलेकाही एक / आधा घन्टा लाइन काटिन सक्छ ,’ निर्देशक घिसिङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment