+
+

लमही नगरपालिकाका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २३ गते ११:४१

२३ पुस, काठमाडौं । दाङको लमही नगरपालिकाका दुई जना कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नगरपालिकाको नक्सा फाँटमा कार्यरत् सव–ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपाली छन् ।

उनीहरुलाई अख्यिार दुरुपयोग अनुसन्धान आयोग, कोहलपुरको टोलीले सुराकीको आधारमा नक्सा पास गरिदिनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

कार्यालय अगाडि रहेको होटलमा लेनदेन गरिरहेका वेला उनीहरुलाई पक्राउ गरिएको अख्तियार कोहलपुरका शाखा अधिकृत एवं कार्यालय नारायण दत्त उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?