Comments Add Comment

नयाँ-नयाँ हिरोइनसँग आर्यन, के यो उनकै डिमाण्ड हो ?


नायक आर्यन अधिकारीले जतिवटा चलचित्रमा काम गरे, ती सबै चलचित्रमा नायिका दोहोरिएका छैनन् । नायक अनमोल केसीपछि आर्यनले पनि आफूसँग नायिका दोहोर्‍याउन नचाहेको देखिन्छ । यसको कारण के त ? के आर्यन हरेक चलचित्रमा नयाँ नायिका डिमाण्ड गर्छन् ?

चलचित्र ‘बटरफ्लाई’को पत्रकार सम्मेलनमा उपस्थित आर्यनले यसमा आफ्नो कुनै हात नरहेको बताए । उनले, आफूले काम गरेका अधिकांश चलचित्रमा आफू भन्दा पहिले नायिका नै अनुवन्धित हुने गरेको बताए ।

तर, पौष २८ गतेबाट रिलिज हुने चलचित्र ‘बटरफ्लाई’मा भने आर्यनले नायिका प्रियंका कार्की नै राख्न सुझाव दिएका रहेछन् । उनका अनुसार, यो क्यारेक्टरमा पि्रयंका बाहेक अन्य नायिका नसुहाउने भएकाले पनि उनले नाम सिफारिश गरेका हुन् ।

यी बाहेक अरु कुनै पनि चलचित्रमा आफूले नायिका यहि नै हुनुपर्छ भनेर डिमाण्ड नगरेको आर्यनको तर्क छ । चलचित्र ‘बटरफ्लाई’मा आफ्नो भूमिका फरक रहेको आर्यनको भनाई छ । माया र लडाइमा हरेक कुरा जायज हुने कथामा चलचित्र बनेको उनको भनाई थियो । ओम प्रतिक गुरुङले यो चलचित्रको निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment