+
+
Shares

गुटको बैठकमा पौडेलले भने- देउवाले छाडे म पनि तयार छु

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २४ गते १७:२६

२४ पुस, काठमाडौं । चुनावी हारको समिक्षा गर्न बसेको रामचन्द्र पौडेल समूहको बैठकमा पार्टी सभापति मात्र होइन, समूहकै शीर्ष नेताहरुको पनि आलोचना भएको छ । तर, नेता पौडेलले भने पार्टी सभापति शेरबहादुर देउवा तयार भएमात्र आफूले पनि नेतृत्व छाड्ने बताएका छन् ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा नराम्रो हार व्यहोरेपछि कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस सुुरु भएको छ । यो बहस चलाउने धनराज गुरुङ, गुरु घिमिरे, बद्री पाण्डे पौडेल समूहमा छन् ।

पौडेल समूहको बैठकमा पनि धेरै नेताहरुले चुनावी हारमा नेतृत्व दाषी भएको धारणा राखेका छन् ।

सोमबार बसेको गुटको बैठकमा नेता पौडेलले त्यसबारे बोलेको छन् ।

यदि पार्टी सभापति देउवा नेतृत्व हस्तान्तरण गर्न तयार भए आफूले पनि छाड्ने उनले बताए । ‘उहाँले पहिले शेरबहादुरजीलाई मनाउनुस् भन्नुभयो’ बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।

नेता बलबहादुर केसीले भने प्रतिवाद गरेका छन् । उनले देउवा र पौडेल सहयात्री भएको भन्दै एक अर्काको विकल्प हुन नसक्ने बताए । देउवा र पौडेलको विकल्प शशांक कोइराला, प्रकाशमान सिंह लगायत हुन सक्ने भन्दै उनले युवा पुस्ताका नेताहरुको पनि नाम लिएको एक सहभागीले बताए ।

बैठकमा महामन्त्री कोइराला केहीबेर मात्र सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?