+
+
Shares

डा. केसी विरुद्धको मुद्दा ओमप्रकाश र केदार चालिसेको बेञ्चमा

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २५ गते ११:५३

२५ पुस, काठमाडौं । डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा परेको छ ।

सर्वोच्चको आदेश अनुसार प्रहरीले डा. केसीलाई विहान ९ बजे नै उपस्थित गराएको थियो ।

तर, निकै ढिला गरी मात्र बेञ्च तोकिएको छ ।

डा. केसीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् ।

केसीको विपक्षमा रमन श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने, श्यामप्रसाद खरेल लगायतले बहस गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?