Comments Add Comment

पत्रकारको प्रश्नबाट भाग्ने थाई प्रधानमन्त्रीको अनौठो जुक्ति

बैंकक । थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चान-ओकाले एउटा पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नबाट भाग्न अनौठो जुक्ति निकालेका छन् ।

उनले पत्रकारले सोधेको प्रश्नको जवाफ दिने जिम्मेवारी आफ्नो कार्डबोर्ड तस्विरतिर पन्छाएका हुन् ।

बैंककस्थित आफ्नो निवासमा पत्रकारहरुसँग प्रधानमन्त्रीले बोल्दै गर्दा उनको वास्तविक आकारको ‘कार्डबोर्ड कटआउट’ ल्याइएको थियो ।

‘यदि राजनीति र द्वन्द्वको विषयमा तपाईंहरुसँग कुनै प्रश्न छन् भने यसलाई सोध्नुहोस्’, कार्डबोडरतिर औंल्याउँदै प्रधानमन्त्रीले भने । यति भनेर उनी हात हल्लाउँदै कार्यक्रमबाट विदा भए ।

बाल दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रयुथ सोमबार थाइ परिवार तथा सञ्चारकर्मीहरुसाग कुरा गरिरहेका थिए ।

बीबीसीको थाई सेवाका अनुसार सो कार्यक्रममा ल्याइएको कार्डबोर्ड तस्वीरलाई शनिबार बाल दिवसका अवसरमा आयोजना गरिने कार्यक्रममा प्रदर्शनीमा राखिने छ । यो दिनमा बालबालिकाहरुलाई प्रधानमन्त्री निवास र उनको कार्यालयमा जाने अनुमति दिइने छ ।

प्रयुथले सन् २०१४ मा सैनिक कुको नेतृत्व गरेका थिए र त्यही वर्ष प्रधानमन्त्री बने । थाई सरकारले देशब्यापी निर्वाचन गराउने प्रतिवद्धता जाहेर गरेको छ तर, कहिले गर्ने भन्ने टुंगो छैन ।

सम्वाददाताहरुले प्रधानमन्त्री प्रयुथसाग राष्ट्रिय निर्वाचन, दक्षिणमा जारी हिंसालगायतका विषयमा प्रश्न सोध्न चाहेका थिए । तर, उनीहरुसँग प्रधानमन्त्रीको ‘कार्डबोर्ड तस्वीर’ सँग हात मिलाइरहेको पोजमा तस्वीर खिच्ने विकल्प मात्र बाँकी रह्यो ।

यद्यपि, प्रधानमन्त्रीले आफ्नो निवासभित्र एक हुल बालबालिकाहरुसँग भने कुरा गर्न भ्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment