+
+
Shares

प्रहरीबिरुद्ध मानवअधिकार आयोगमा अनेरास्ववियुको उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २५ गते १३:२५

२५ पुस, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रहरीलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी गरेको छ ।

शान्तिपूर्ण आन्दोलनमा लाठी र अँश्रु ग्यास प्रहार गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै मंगलबार आयोगमा उजुरी हालेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

यही पुस १८ गते इन्धनको मूल्य बृद्धिबिरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला अमानवीय ढंगले प्रहरीले कुटपिट गरेको भन्दै अनेरास्ववियुले कारबाहीको माग गरेको छ ।

उक्त आन्दोलनका क्रममा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला, महासचिव ऐन महर र शेखर बोहरा लगायत घाइते भएका थिए ।

शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्ने प्रहरीलाई कारबाहीका लागि आफूहरु अदालत जाने तयारीमा रहेको समेत सचिव लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?