+
+
Shares

ताप्लेजुङको फुङ्लिङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

रविन भट्टराई रविन भट्टराई
२०७४ पुष २५ गते १५:४७

२५ पुस, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

सदरमुकामस्थित तोक्मेडाँडाबाट हेलिप्याडतर्फ आउँदै गरेको मे १ त ३२४५ नम्बरको ट्याक्टर विपरीत दिशाबाट आइरहेको सशस्त्र प्रहरीको भ्यानलाई साइड दिएर अघि बढ्दा भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा चालक फुङ्लिङ नगरपालिका–३, सिम्लेका सरोज सुनुवारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, ताप्लेजुङका ईञ्चार्ज टंक न्यौपानेले जानकारी दिए ।

सरोजको स्थानीय तमोर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरका सह–चालक २१ वर्षीय मिलन सनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ ।

अत्याधिक गतिका कारण ट्याक्टर सशस्त्र प्रहरीको भ्यानको लुकिङ ग्लासमा ठोक्किँदै अघि बढेको र भित्तामा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शी गोपाल बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?