+
+

डा. केसीलाई आज पनि प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २५ गते १६:२०

२५ पुस, काठमाडाैं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज मंगलबार बहस हुन सकेन ।

सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई विहान ९ बजे नै अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीशद्वय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।

तर, सोमबार डा. केसीको बयान मात्र सकिएको छ । बयानका क्रममा केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको भन्दै उनीमाथि छानविन गर्न माग गरेका छन् ।

अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार बेञ्च भोलिलाई सारिएको छ । डा. केसी आज मंगलबार पनि प्रहरी हिरासतमै रहनेछन् ।

सोमबार राति अनसनस्थलबाट पक्राउ गरिएका डा. केसीलाई सिंहदरबार प्रहरी बृत्तमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?