Comments Add Comment

पूजा र सुदर्शनको फिल्ममा ‘माग्ने बुढा’को पारिश्रमिक १० लाख


चल्तीका केहि नायकलाई छाड्ने हो भने अधिकांश कलाकारका लागि १० लाख पारिश्रमिक अझै पनि सपना नै बन्ने गरेको छ । तर, पछिल्लो समय दर्शकलाई हलमा तान्न माहिर मानिएका कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले एक नयाँ चलचित्रका लागि १० लाख पारिश्रमिक लिएका छन् ।

नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाको नयाँ चलचित्रका लागि केदार यति महंगो रकममा अनुवन्धित भएका हुन् । उनले डेढ लाख रकम कर तिर्ने सहमतिमा १० लाख पारिश्रमिक लिएका हुन् ।

अब, उनले यो चलचित्र रिलिज भन्दा अगाडि ‘छक्का पन्जा ३’ बाहेक अन्य चलचित्रमा काम गर्न पाउने छैनन् । माघबाट छायांकनमा जान लागेको चलचित्रको नाम तय भएको छैन । चलचित्रमा नायिका पूजा शर्मा, केदार घिमिरे, विल्सन विक्रम राई र रविन्द्र झाको मुख्य भूमिका रहने पक्का भैसकेको छ । अन्य कलाकार फाइनल हुन नै बाँकी छन् ।

चलचित्रका लागि नायक पनि फाइनल भैसकेका छन् । तर, उनको नाम सार्वजनिक गरिएको छैन । चलचित्रको कथावस्तु मन परेकाले पनि आफूले काम गर्न लागेको केदारले जानकारी दिएका छन् । नायिका तथा निर्मात्री पूजा शर्माले पनि चलचित्रको कथावस्तु यसपटक विशेष रहेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment