
२७ पुस, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले सर्वोच्चको पछिल्लो आदेशले प्रधानन्यायाधीशको राजीनामाको मागलाई पुष्टि गरेको बताएका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायिक छानविनको दायरामा ल्याएकोमा प्रशंसा गरे । साथै छानविनपश्चात सत्य र तथ्यगत रुपमा निर्णय हुने विश्वास व्यक्त गरेका छन् ।
आधारभुत योग्यता र नैतिकतामाथि गम्भीर प्रश्न उठेको र छानविन न्यायिक प्रक्रियामा प्रवेश गरेको अवस्थामा पुराजलीले सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको भन्दै उनले भनेका छन्, ‘निज पदमा वहाल रहेसम्म ती मुद्दा निष्पक्ष रुपमा अगाडि नबढ्ने र न्याय सम्पादन प्रभावित हुने देखिन्छ ।’
डा. केसीले आफ्ना अन्य माग पुरा नभएकाले आमरण अनसन जारी राख्ने पनि बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4