२७ पुस, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बिहीबार दिउँसो पानी बोक्ने ट्याङ्करबाट ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुरको मलपोखरीका ३ वर्षीय बालक उत्सव राई छन् ।
उनलाई बा ४ ख ६५७१ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
ट्याङ्कर र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4