Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment

‘बटरफ्लाई’ रिलिज, आर्यनको भविष्य र प्रियंकाको स्टारडमको परिक्षा


ओम प्रतिक गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘बटरफ्लाई’ आजबाट रिलिज भएको छ । औषत प्रचारका साथ रिलिज भएको चलचित्रले मायाको रंग बताउने भन्दै चर्चा गरिएको थियो ।

यो चलचित्रमा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको मुख्य भूमिका छ । चलचित्र ‘के म तिम्रो होइन र’पछि आर्यनको रिलिज भएको यो दोश्रो चलचित्र हो । आर्यनका लागि यो चलचित्र विशेष छ । तर, चलचित्रको हाइप ‘के म तिम्रो होइन र’ भन्दा धेरै कमजोर छ ।

आर्यन आफै पनि चलचित्रका लागि खुबै मिहिनेत गरेको बताउँछन् । नायिका प्रियंका कार्कीको स्टारडमले चलचित्रको २ दिने व्यापारलाई फरक पार्नेछ । शुक्रबार र शनिबार दर्शक हलमा आएको खण्डमा त्यसले पि्रयंकालाई फाइदा हुनेछ ।

रमेश प्रजापति कार्यकारी निर्माता रहेको चलचित्रको सुरुवाती व्यापार सामान्य छ । मल्टिप्लेक्समा यो चलचित्र भन्दा ‘मिस्टर झोले’ले बढी शो पाएको छ । चलचित्र राम्रो भएको खण्डमा वर्ड अफ माउथले चल्ने विश्वास गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment