२८ पुस, काठमाडाैं । झापाको विभिन्न स्थानबाट बिहीबार साँझ लागूऔषधसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-६ का २४ वर्षीय अनिष भण्डारी, पाँचथर फिदिम नगरपालिका-१ घर भइ बिर्तामोड-५ बस्दै अाएका २८ वर्षीय रोशन न्यौपाने, बिर्तामोड-६ का ३० वर्षीय रामेश्वर चौधरी, बिर्तामाेड-३ का ४८ वर्षीय प्रेम खड्का र मेचीनगर-२ बस्ने २९ वर्षीय अर्जुन श्रेष्ठ छन् ।
उनीहरुलाई संघीय प्रहरी ईकाई चन्द्रगढी र लागूऔषध नियन्त्रण ब्यूराे, काँकडभिट्टाकाे प्रहरी टाेलीले पक्राउ गरेकाे हाे । पक्राउ परेका युवकहरुको साथबाट ६ ग्राम खैरो हिराइन र ४ बोतल स्कुफ नामक कफ सिरप बरामद भएकाे प्रहरीले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4