Comments Add Comment

बसको ठक्करबाट बालकको मृत्यु

२८ पुस, दाङ । स्कुल बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ ।

लमही नगरपालिका-५ चौलाहीमा शुक्रबार बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

शुक्रबार बिहान साधना मन्टेश्वरी स्कुलको लु१क १३५३ नंको बसले बालकलाई अनसारीलाई ठक्कर दिएपछि गम्भिर घाइते भएका उनकोे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment