+
+
Shares

कंगारु ऐजुकेशन फेयर २३ जनवरीदेखि

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २८ गते १६:२१


२८ पुस, काठमाडौं । कंगारु ऐजुकेशन फाउण्डेशनले विधाथीहरुलाई सहि सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले २३ जनवरी मंगलबारदेखि दरबारमार्गको होटल अन्नपूर्णमा कंगारु ऐजुकेशन फेयर गर्न लागेको छ ।

उक्त शैक्षिक मेलामा अस्ट्रेलिया, न्यूजीलेण्ड, अमेरीका र यूरोप का गरी २० वटा भन्दा वढी प्रतिष्ठीत विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको पनि सहभागीता रहने छ ।

उक्त शैक्षिक मेला मा आउनु हुने सम्पूर्ण विद्यार्थी अभिभावक हरुले प्रत्यक्ष रुपमा विश्वविद्यालय तथा कलेजका प्रतिनीधीहरु सँग अन्तरक्रिया गरी सत्य तथ्य, जिवनशैली, छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौट देखि लिएर परिपक्व डकुमेन्टेसन मार्फत एडमिसन र भिजाका सम्बन्धमा पनि मरामर्श लिन सक्नेछन् ।

मेलामा आइ.डी.पी तथा नेपाल एस.वी.आई बैकको पनि सहभागीता हुन लागेकालेे , अंग्रेजी भाषा परीक्षा आइलटिएस तथा शैक्षिक कर्जा सम्बन्धी जानकारी लिएर लाभन्वित समेत हुन सकिनेछ ।

पुनश्चः यो मेला मा आउन चाहने जो कोहि विधार्थी वा अभिभावकहरु लाई निःशुल्क प्रवेशको व्यवस्था गरीएको छ । साथै आकर्षक गिफ्ट हयाम्पर पनि प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?