Comments Add Comment

सोनाम ल्होसार कहिले ? फागुनमा कि माघमा ?

पाञ्चाङ्ग समितिमा तामाङ समुदायका प्रतिनिधिसमेत राख्न माग

२८ पुस, इटहरी । यो बर्षको सोनाम ल्होसार माघ ४ गते पर्ने नेपाल सरकारको पाञ्चाङ्ग निर्णायक समितिको निर्णय गलत भएको भन्दै नेपाल तामाङ घेदुङले आपत्ति जनाएको छ । यस वर्षको सोनाम ल्होसार फागुन ४ मा मनाउन संस्थाले आग्रह गरेको छ ।

इटहरीमा शुक्रबार पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा पञ्चाङ्ग निर्णायक समितिले हिन्दु सूर्य पात्रो अनुसार निर्णय लिएर एक महिना अगाडि नै माघ ४ गते सोनाम ल्होसार उल्लेख गरेको जनाइएको छ । सरोकारवाला संस्थाले पाञ्चाङ्ग निर्णायक समितिको भ्रममा नपरी फागनु ४ गते सोनाम ल्होसार भव्यताका साथ मनाउन सरोकारवाला संस्थाले भनेका छन् ।

तामाङ सम्बत मञ्जूश्री तत्व कृषि चन्द्र पात्रोको तिथिअनुसार मिति तोकिनुपर्नेमा हिन्दु सूर्य पात्रोलाई आधार मानेर गलत मिति उल्लेख भएको तामाङ घेदुङ प्रादेशिक कार्यसमिति, प्रदेश नम्बर १ का अध्यक्ष मित्रसेन योञ्जनले बताएका छन् । फागुन ४ गतेको पर्वलाई एक महिना अगाडि नै राखिएको भन्दै तामाङ समुदायका अगुवाहरुले गुनासो गरेका छन् ।

सरकारले भने माघ ४ र फागुन ४ दुबै दिन बिदाको घोषणा गरेको छ । सरकारी पात्रोमा सोनाम ल्होसारका लागि माघ ४ गते सार्वजनिक विदा घोषणा गरिएको छ भने फागुन ४ गते ग्याल्बो ल्होसारका लागि सरकारी विदा दिइएको छ ।

यसैवीच नेपाल तामाङ घेदुङले पाञ्चाङ्ग निर्णायक समितिमा हिन्दु सूर्य पात्रोका जानकार मात्रै नभएर चन्द्र पात्रोका जानकारहरु पनि राख्न माग गरेको प्रदेश कार्यसमितिका पदाधिकारी मणि तितुङ तामाङले पत्रकार सम्मेलनमा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment