Comments Add Comment

वेदव्यासको महान् विचार, जो हाम्रो लागि उपयोगी हु्नसक्छ

महर्षि वेदव्यासलाई महाभारत जस्तो ग्रन्थका रचनाकार मानिन्छ । उनी त्यसका रचनाकार मात्र पनि होइनन्, उक्त घटनाको साक्षी समेत हुन् । हस्तिनापुरको सम्पूर्ण गतिविधिको सूचना उनीसम्म पुग्थ्यो । उनी उक्त घटनामाथि आफ्नो परामर्श पनि दिने गर्थे ।

वेदलाई विस्तार गरेका मानिन्छ । भनिन्छ, उनी त्रिकालदर्शी थिए । उनले भनेका थिए कि, कलियुगमा धर्म क्षीण हुनेछ । मानिसहरु नास्तिक, कर्तव्यहनी र अल्पआयुका हुनेछन् ।

उनले वेदलाई विस्तार गरे । विशाल वेदको समग्र अध्ययन कठिन हुने भएकाले उनले वेदलाई विभाजन गरिदिए । ऋगवेद, यजुर्वेद, समावेद र अथर्ववेद । वेदमा निहित ज्ञान अत्यान्त गहन भएकाले वेद व्यासले पाँचौ वेदको रुपमा पुराणको रचना गरे, जसमा वेदको ज्ञानलाई रोचक कथाको रुपमा पेश गरिएको छ ।

अतः यहाँ महर्षि वेदव्यासको अनमोल विचार प्रस्तुत गरिएको छ, जसले जीवनप्रतिको दृष्टिकोण वदल्न सक्छ ।

–     जसको मनमा संशय भरिएको छ, उको लागि यहाँ न लोक छ, न परलोक छ, न सुख ।

–     जुन व्यक्तिको बुद्धि दुर्भावनाले युक्त छ र जसले आफ्नो इन्दि्रयलाई वशमा राख्न सक्दैन, उनीहरुसँग धर्म र अर्थको कुरा सुन्ने शक्ति हुँदैन ।

–     विवेकी व्यक्तिले मनमा यो प्रश्न सोध्नु जरुरी छ कि, म कहाँ छु, कहाँ जाँदैछु, म को हुँ, यहाँ किन आएको छु  र कसको लागि शोक गरौं ?

–     विद्या, शरवीरता, दक्षता, बल र धैर्य, यी पाँच मानिसको स्वभाविक मित्र हुन् । बुद्धिमान व्यक्ति सधै यसका साथ रहन्छन् ।

–     क्षमा धर्म हो, क्षमा यज्ञ हो, क्षमा वेद हो र क्षमा शास्त्र हो । जसले यस प्रकारले बु्झेका हुन्छन्, उसले सबै कुरा क्षमा गर्न सक्छ ।

–     सदाचारले धर्म उत्पन्न हुन्छ तथा धर्मले आयु बढाउँछ ।

–     मनमा सन्तोष हुनु भनेको स्वर्ग प्राप्त गर्नुभन्दा बढी हो । सन्तोष नै सबैभन्दा ठूलो सुख हो ।

–     मनले दुखलाई अनुभूत नगर्नु नै दुख निवारणको औषधी हो ।

–     सत्यले सूर्यमा राप छ, सत्यले आगो बलेको छ, सत्यले वायु वहेको छ, सबैकुरा सत्यमा प्रतिष्ठित छ ।

–     जो मानिस क्रोधीसँग क्रोध गर्दैन, उसले आफ्नो र क्रोध गर्नेलाई महा संकटबाट रक्षा गर्छ । ऊ दुबैको रोग हटाउने चिकित्सक हुन् ।

–     जसले आफ्नो निन्दा सहने क्षमता रख्छ, उसले संसारमा विजय प्राप्त गर्छ ।

–     जो मानिस न कसैलाई द्वेष गर्छ, न कुनै कुराको अपेक्षा गर्छ, उनी सधै सन्यासीका लागि योग्य हुन्छन् ।

–     जो व्यक्तिले नाश हुने सबै प्राणिमा समभाव राख्ने अविनाशी परमेश्वर देख्छ, उसैले सत्य पनि देख्छ ।

–     अमृत र मृत्यु दुबै यहि शरीरमै स्थित छ । महोले मृत्यु र सत्यले अमृत प्राप्त गर्छ ।

–     जो विपत्तिमा दुखी हुँदैन । बरु सावधानीसाथ उद्योगको आश्रय लिन्छ तथा कठिन परिस्थितीमा दुख सहने क्षमता राख्छ, उसको शत्रु पराजित हुन्छ ।

–     कसैप्रति मनमा क्रोध राख्नुभन्दा त्यसलाई तत्काल प्रकट गर्नु बढी राम्रो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment