Comments Add Comment

छिटो गर्भधारणका लागि अपनाउनुपर्छ यी सूत्र

बिवाहपछि सन्तानको अपेक्षा गर्नु स्वभाविक हो । जब बिहे गरिन्छ, सन्तानको लोभ लाग्न थाल्छ । अक्सर महिला आफ्नो काखमा बच्चा खेलाउन लालयित हुन्छन् । यसका लागि कतिले निश्चित अवधी तय गर्छन् । अर्थात आफुलाई व्यवस्थित गरिसकेपछि मात्र बच्चा जन्माउने योजना बनाउँछन् । कतिपय भने हतारिन्छन् । यसो भनौं, कति दम्पती चाडै बच्चा जन्माउन चाहन्छन् ।

तर, चाहे अनुसार गर्भधारण हुन्छ त ?

चाहेकै समयमा महिलाले गर्भधारण गर्नका लागि थुप्रै तालमले मिलाउनुपर्ने हुन्छ ।

गर्भवती हुने सही तरीका, सही समय, दिन, सुरुवाती लक्षण, सावधानी र अन्य केही उपायहरुबाट सजिलैसँग थाहा पाउन सकिन्छ कि महिला कहिले गर्भवती हुन्छन् । यदि तपाईं निकट भविष्यमा गर्भवती हुने योजना छ भने यी तलका कुराहरु जान्नुपर्ने हुन्छ ।

पिरियड कति दिनपछि हुन्छ ?

-केही महिलाहरुको मासिक धर्म ठीक समयमा हुन्छ भने केहीको अनियमित हुन्छ । अनियमित अर्थात् समयभन्दा छिटो वा समयभन्दा ढिलो ।

– मासिक धर्म सही समयमा हुने महिलाहरुलाई गर्भधारणमा धेरै समस्या आउँदैन ।

– जुन महिलाहरुको समयमा पिरियड आउँदैन उनीहरु गर्भवती हुन अलिकति जटिल हुन्छ । तर, यसको मतलब यो होइन कि उनीहरु गर्भवती हुन सक्दैनन् ।

-बच्चा पैदा गर्ने तरीका र शारीरिक समागमको बारेमा खुलेर कुरा नगर्ने कारणले पनि धेरै महिलाहरु चाहेको समयमा गर्भवती हुन सक्दैनन् ।

गर्भवती हुने उपाय, सही समय र तरिका

गर्भवती हुनका लागि शारीरिक समागम आवश्यक हुन्छ । र, यो समागम सही समयमा हुनु महत्वपूर्ण छ । सही समयको जानकारी ‘ओभुलेसन टाइम’ बाट प्राप्त हुन्छ । यो गर्भधारण गर्ने उचित समय हो । अब गर्भधारण गर्ने सही तरीका के हो र ओभुलेसन पीरियड के हो भन्ने पनि जानौ ।

ओभुलेसन टाइम कसरी थाहा पाउने ?

१. गर्भधारण गर्नका लागि आभुलेसन पीरियड सबैभन्दा राम्रो समय हो । यो एक प्रकारले मासिक धर्मसँग जोडिएको समय नै हो ।

२. ओभुलेसन पीरियड कहिले सुरु हुन्छ भन्ने जान्नुभन्दा अगाडि यो बुझ्नुस कि हरेक महिलाको आभुलेसनको समय फरक फरक हुन्छ ।

३. ओभुलेसनको समय थाहा पाउनुका लागि महिलाको पीरियड्सको समय थाहा हुनुपर्छ ।

४. पीरियड सुरु हुनुभन्दा लगभग १२ देखि १४ दिन अगाडिको समयमा नै ओभुलेसन हुन्छ र यो पीरियड आउनुभन्दा ७ दिन अगाडिसम्म रहन सक्छ । ओभुलेसन नै त्यो समय हो जसमा यदि यौनसम्वन्ध राख्यो भने गर्भ बस्ने सम्भावना सतप्रतिशत हुन्छ ।

५. ओभुलेसनको समय (महिनावारीको १२-१४ दिन अगाडि) र त्यसको पछिल्लो पाँच दिन महिलाको प्रजनन क्षमता अत्यधिक हुन्छ ।

६. मानौं कुनै महिलाको महिनावारी २५ मा आउँछ भने उसको ओभुलेसन समय ११ देखि १३ को बीचमा हुन सक्छ ।

७. चाँडै गर्भवती हुन चाहनुहुन्छ भने ओभुलेसनलाई अवश्य ध्यानमा राखनुस । महिलाहरु शुक्राणु र अन्डाको मिलनबाट गर्भवती हुन्छन् । एक पटक गर्भासयबाट निस्केपछि २४ देखि ३६ घन्टासम्म अन्डा जिवित रहन्छ । त्यसैले यो समयमा सम्वन्ध राख्नु जरुरी छ ।

८. ओभुलेसन पीरियडका दौरानमा गर्भधारणका लागि हरेक रात यौनसम्वन्ध राख्ने गर्नुस । त्यो सम्भव भएन भने एक दिन बिराएर गर्नुस । यसो गर्दा शुक्राणु र अन्डाको मिलनको सम्भावना बढ्छ ।

९. आफ्नो महिनावारीको सही समय थाहा भएका महिलाहरुलाई ओभुलेसन टाइम पत्ता लगाउन र गर्भधारणको योजना बनाउन सजिलो हुन्छ । तर, अनियमित मासिक धर्म हुने महिलाहरुका लागि यो कठिन हुन्छ ।

१०. समयमा महिनावारी नहुने महिलाहरुले गर्भधारणको प्रयास गर्नुअघि आफ्नो अनियमित महिनावारीको उपचार गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment