Comments Add Comment

अनुहारको कोठी मन परेन ? यसरी हटाउन सकिन्छ

कोठीलाई जोडेर हामी सम्बन्धित व्यक्तिको प्रवृत्ति, भाग्य केलाउने गछौं । भलै त्यसको वैज्ञानिक पुष्टि हुन नसक्ला ।

कोठी कहिले अनुहारको सौन्दर्य बन्छ, कहिले बाधक । अनुहारमा अमिल्दो कोठी छ भने त्यसले समग्र अनुहार नै नराम्रो देखाउँछ । हुन त, कोठी आफैमा समस्या होइन । यद्यपी यसले सौन्दर्यमा भने खोट लगाउन सक्छ ।

कोठी जन्मजात आउन सक्छ । कतिपय अवस्थामा पनि पनि दे

खापर्छ । यो कालो वा खैरो रंगको हुन्छ । ओंठको नजिकै कोठी छ भने त्यसले अनुहारको आकर्षण बढाइदिन्छ । तर, यदि कोठी ठूला र संख्या धेरै भयो भने त्यो राम्रो देखिदैन ।

शरीरका कुनै पनि भागमा कोठी, मुसा र दाग-धब्बा हुन सक्छन् । औषधि वा शल्यक्रिया गरेर यसबाट छुटकारा पाउन सकिन्छ । यसका साथै केही घरेलु विधिहरुबाट पनि कोठी र मुसा हटाउन सकिन्छ ।

किन आउँछ कोठी ?

१. पेपिलोमा भाइरसका कारण छालामा कोठी तथा मुसा निस्किन्छन् । बढ्दो उमेरका साथ मुसाको समस्या उत्पन्न हुन सक्छ । तर, आजकाल कम उमेरका मानिसहरुमा पनि यो देखिन थालेको छ ।

२. कोठी वा मुसा जन्मजात पनि हुन सक्छ ।

३. सुगर, मोटोपना, गर्भावस्था र स्टेराइडको अधिक प्रयोगको कारणले अनुहारमा कोठी र मुसा बढ्न सक्छन् ।

कसरी हटाउने त कोठी ?

तल उल्लेख गरिएका उपायहरु प्रयोग गर्नुभन्दा अगाडि आफ्नो अनुहारलाई राम्ररी धुनुपर्छ ।

– अनुहारमा मुसा धेरै ठूला भ एभने तपाईं घोडाको पुच्छरको कपालले मुसालाई बाँध्दा केही समयमा यो र्झछ ।

– अगरबत्ती बालेर त्यसको जलेको भाग कोठीमा लगाउनुस र तुरुन्तै हटाउनुस । ८-१० पटक यसो गर्दा कोठी सुकेर र्झछ । खाली कोठीमा मात्रै अगरवत्तिले पोल्ने ।

– अनुहारबाट मुसा वा कोठी चाँडै हटाउनका लागि एलोबेरा जेलको प्रयोग गर्न सकिन्छ ।

–  कपासको उनलाई भिनेगरमा डुबाएर मुसामा लगाउनु  र १५ मिनेटपछि मनतातो पानीले अनुहार धुनुपर्छ । केही दिनभित्रै अनुहाबाट कोठी र मुसा गायब हुन्छन् ।

– गुलाब जलको एक बोतलालाई घाममा सेकाउने । यसपछि तातो गुलाबजललाई अनुहारमा लगाउने । यसबाट अनुहारको रौं छिद्रहरुमा रहेको फोहोर पनि बाहिर निस्किन्छ र अनुहारको छाला सफा हुन्छ । बारम्बार मुस्सा पलाउने समस्या छ भने यो उपाय एकदम प्रभावकारी हुन सक्छ । तातो गुलाब जललाई अनुहारमा १५ मिनेट राखेपछि तातोपानीले मुख धुनुपर्छ ।

– लसुनको कल्ली छिलेर काट्ने । अनि, यसले कोठी वा मुसामा रगड्नुपर्छ । लगातार यो प्रयोग दोहोर्‍याउँदा अनुहारबाट कोठी र मुसा भागाभाग हुन्छन् ।

– आलुको एउटा टुक्रा काटेर मुसामा रगड्ने । दिनमा ४-५ पटक यसो गर्दा मुसा गलेर झर्नेछ ।

– ताजा भुईंकटहर काटेर त्यसको एउटा टुक्राले मुसामा रगड्दा मुसा चाँडै गायब हुन्छ ।

– बरको पातको रस मुसा र कोठीको उपचारका लागि निकै फाइदाजनक हुन्छ । यसबाट छाला मुलायम हुन्छ र मुसा र्झछ ।

– हरियो धनिया पिसेर लगाउँदा पनि मुसा नरम भएर झरेर जान्छ ।

– कपासको उनलाई प्याजको रसमा भिजाएर कोठी र मुसामा लगाउने ।  आधा घन्टा यसलाई लागिरहन दिने र फेरी चिसो पानीले धुनुपर्छ । यसको प्रयोग दैनिक २-३ पटक गर्दा मुसाबाट छुटकारा मिल्छ ।

– राति सुत्नुभन्दा अगाडि बेकिङ सोडा र अरन्डीको तेल मिलएर  अनुहारका कोठी र मुसामा लगाउनु । बिस्तारै बिस्तारै यी सबै गायब हुन्छन् ।

– कोठीको उपचारका लागि अमिलो दहीले १० देखि १५ मिनेटसम्म मसाज गर्ने । फेरि अनुहार धुनुपर्छ । त्यसपछि ग्लिसरिन र गुलाब जल बराबर मात्रामा मिलाएर अनुहारमा मसाज गर्नुपर्छ । अनुहारलाई फेरि पखाल्नुस । यस विधिबाट  कोठी, मुसा र डण्डीफोर गायब हुनेछन् ।

– मुसामा नेलपोलिस लगाएर केही बेरपछि सफा गर्ने । दिनमा २-३ पटक यसो गर्दा मुसा झर्नेछ ।

– अनुहारको कोठी र डण्डीफोरमा मह लगाउँदा पनि फाइदा मिल्छ ।

– केराको बोक्राको भित्रे भाग मुसामा रगड्दा लाभ पाइन्छ ।

– एस्प्रिनको  १ गोली पिस्नुस । यसमा अलिकति पानी मिलाएर पेस्ट बनाउनुस । यो लगाउँदा मुसा झर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment