३० पुस, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट पारेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीले अधिकारिक रुपमा कसैलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका हुन् ।
साथै वाम गठबन्धन फुटाउन आफ्नो पार्टी लागि परेको भनेर आरोप नलगाउन पनि आग्रह गरे । उनले भने, ‘हामी शुभकामना दिन्छौं, उहाँहरुवीच एकता होस् ।’
चुनाव लगतै भएको भेटमा आफूलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ५ वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेको प्रचण्डको दाबी छ । लामो समयसम्म उनको यो दाबीको कांग्रेसले खण्डन गरेको थिएन ।
तर, हालै मात्र प्रवक्तामा नियुक्त भएका शर्माले प्रचण्डको दाबी खण्डन् गरेका छन् ।
शर्माले निर्वाचनको समीक्षाका लागि केही दिनभित्रै पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने जानकारी दिए । केन्द्रीय समितिको बैठकले महासमिति बैठक बोलाउने र त्यसले पार्टीको समग्र क्षेत्रको पुनसंरचना गर्ने उनको दाबी छ ।
प्रतिक्रिया 4