+
+
Shares

इटालियन पेस्तोलसहित माओवादीका स्थानीय नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ३० गते १९:४१

३० पुस, नेपालगञ्ज । प्रहरीले अवैध हतियारको कारोबार गर्दै आएको आरोपमा माओवादी नेतालाई पक्राउ परेको छ ।

नेपाल प्रहरीको प्रदेश ५ को विषेश व्यूरोबाट खटिएको टोलीले नेपालगञ्जको खजुरागाउपालिका- ५ उढरापुरबाट ३८ वर्षीय गरिवे शेषलाई एकथान इटालियन पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोलीसहित पक्राउ गरेको हो ।

पक्राउ परेका शेषलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ । हतियारको डिल गरी ५० हजार भारु मा विक्रि गरेकोे अवस्थामा पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा फाँटका ईन्चार्ज रण बहादुर विष्टले हतियार बेच्नका लागि डिल गरिरहेकै बेलामा पक्राउ गरेको स्वीकार गरेका छन् ।

अबैध हतियारसहित पक्राउ परेका शेष माओवादी केन्द्रका स्थानीय नेतासमेत हुन् । उनी स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिका वडा नं ५ को वडाध्यक्षका उमेदवार समेत बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?