Comments Add Comment

रिडी मेलामा ३५ किलोको खुकुरीले तान्यो ध्यान, मूल्य १ लाख रुपैयाँ

२ माघ, गुल्मी । माघे संक्रान्तिको अवसरमा गुल्मीको रिडीमा आयोजना गरिएको मेलामा धेरैको ध्यान ३५ किलोको खुकुरीले तानेको छ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मनबहादुर श्रीपालीले बेच्न ल्याएको ३५ किलाको खुकुरी हेर्नेहरुको भीड नै लागेको छ ।

१३ वर्षदेखि फलामका औजार बनाउँदै आएका श्रीपालीले ८ दिन लगाएर बनाएको उक्त खुकुरीको मूल्य १ लाख रुपैयाँ राखेका छन् । गतवर्ष देखि रिडी मेलामा फलामका खुकुरी बेच्न ल्याउन थालेका श्रीपालीले यस वर्ष व्यापार राम्रो भएको बताए ।

उनले बुर्तिबाङ बजारमा खुकुरीहरुसँगै फलामका औजार बनाउन ८ जना कामदारसमेत राखेका छन् । रिडी मेलामा उनले १ सय वटा खुकुरी, खुाडा,दाऊ लगायतका सामग्री बेच्न ल्याएका थिए ।

श्रीपालीले बनाएका खुकुरीहरु बाग्लुङसँगै, रुकुम, रोल्पा, बुटवल, पोखरा, काठमाडौंमा पनि बिक्री गर्न लैजाने गरेका छन् । उनले निर्माण गरेका औजारको मूल्य ३ हजार देखि ६ हजार रुपैयाँसम्मका छन् । श्रीपालीले देशका विभिन्न ठाउामा हुने प्रदर्शनीमा खुकुरी प्रदर्शनीमा राखेर कतिपय पुरस्कारसमेत जितिसकेका छन् ।

गुल्मी, पाल्पा, स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा माघे संक्रान्तिदेखि सुरु भएको मेला पाँच दिनसम्म चल्नेछ । मेलामा कम्मल, काम्ला, राडी, पाखी, बााासबाट निर्मित सामग्री, ओखरका घाँजीजस्ता घरेलु सामग्री र कृषि उपज प्रदर्शनीमा राखिएको छ ।

रिडी मेलामा व्यापार गर्न र कालीगण्डकीमा नुहाउन रुकुम रोल्पालगायतका ठाउाबाट तीन दिनसम्म यात्रा गरी मानिसहरु आउने गर्छन् । रुरु क्षेत्रको ऋषिकेश मन्दिरमा नेपालकै सबैभन्दा ठूलो भगवानको मूर्ति पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment