Comments Add Comment

अनिल र प्रतिभाको ‘मलाई माफ गरिदिनु’

संगीतकार अनिल शाही नबोदित गायिका प्रतिभा शाहीसँगै गायकका रुपमा स्रोता दर्शकबीच आइपुगेका छन् । ‘मेरो मनले’ बोलको नयाँ म्युजिक भिडियोमा अनिल शाहीलाई गायकका रुपमा मात्र होइन मोडलका रुपमा समेत देख्न सकिन्छ । शाही कुशल संगीतकार र गीतारबादक हुन् भन्ने सबैलाई थाहा छ, तर अब उनी गायकका रुपमा पनि प्रस्तुत भएका छन् ।

मेरो मनले तिम्रो प्रित चोर्‍यो भने मलाई माफ गरिदिनू बोलको गीतले संगीताकार शाही सुमधूर स्वरका गायक पनि हुन् भन्ने पुष्टि गरिदिएको छ । नविन श्रेष्ठको गीतमा संगीत अनिल स्वयंको छ ।

गायिका प्रतिभा शाहको पहिलो प्रस्तुती हो ‘मेरो मनले’ । बेलायतको म्यानचेस्टरमा बस्ने प्रतिभा पेशाले नर्स हुन् । नर्सिङ अभ्यासकै क्रममा डेढ दशकअघि बेलायत पुगेकी प्रतिभा शास्त्रीय संगीतमा पोख्त छिन् । तर उनको पहिलो प्रस्तुति भने आधुनिक सुगम संगीतमार्फत दर्शक स्रोतमाझ आएको छ ।

प्रतिभा शाहले निर्माण गरेको यो म्युजिक भिडियोको निर्देशन अनिल शाहीलेनै गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment