Comments Add Comment

मनोजकुमार केडिया चेम्बरको सदस्यमा निर्वाचित

३ माघ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको ६७औं वाषिर्क साधरण सभाको निर्वाचनमा चेम्बरको बाणिज्य क्षेत्रतर्फको कार्यकारीणी सदस्य पदमा केडिया अर्गनाइजेशनको चौंथो पुस्ताका मनोजकुमार केडिया निर्वाचित भएका छन् ।

उनी वृज सिमेन्ट लगायत विभिन्न सिमेन्ट उद्योगका अक्तिरिक्त सिर्द्धाथ बैंक लिमिटेड मा अध्यक्ष, सिर्द्धाथ इन्सुरेन्स लिमिटेडका सदस्य, बैंकिङ्ग तथा अन्य औद्योगिक व्यवसायमा आवद्ध रही केडिया अर्गनाइजेशनको कार्यकारी निर्देशक समेत हुन् ।

व्यापार व्यवसायको क्षेत्रमा छाता संगठनको रुपमा व्यवसायीहरुको माझमा रहेको देशकै गौरवपूर्ण पुरानो संस्था नेपाल चेम्बर अफ कमर्शको कार्यकारीणी सदस्य पदमा केडिया निर्वाचित हुनु आफ्ना लागि समेत गौरवको विषय भएको केडिया अर्गनाइजेशनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment